अमेरिकाबाट जन्मभूमिलाई स्वास्थ्य सामग्री

दुल्लु । दैलेखमा कोरोना संक्रमण दिनहुँ बढ्न थालेपछि अमेरिका बस्दै आएका युवाले आफ्नो जन्मभूमिमा स्वास्थ्य सामग्री पठाएका छन् ।

नारायण नगपालिका वडा नं ११ जन्म घर भई अमेरिकाको न्युयोर्क बस्दै आएका मञ्जु, वर्षा र तीर्थ शाहीले ज्वरो, रुघाखोकी र झाडापखालाका औषधि तथा पिपिइलगायत स्वास्थ्य सामग्री पठाएका हुन् ।

दैलेखी सेवा समाज काठमाडौंका अध्यक्ष प्रताप शाहीमार्फत प्राप्त मास्क, सेनिटाइजरलगायत सामग्री वडाध्यक्ष टंकबहादुर विष्टले मंगलवार स्वास्थ्यचौकी प्रमुख चन्द्रबहादुर विकलाई हस्तान्तरण गर्नुभयो ।

सोमबार ९१ जनामा कोरोना पुष्टि भएपछि दैलेखमा सङ्क्रमित बढेर ६२९ पुगेका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?