जुम्ला । तिला गाउँपालिका–९ का अपाङ्गता भएका व्यक्तिलाई बाख्रा वितरण गरिएको छ ।
उनीहरुको आयआर्जनमा सुधार ल्याउनका लागि गाउँपालिकाले बाख्रा वितरण गरेको हो । नौ अपाङ्गता भएका व्यक्तिलाई १८ बाख्रा वितरण गरिएको जनाइएको छ ।
गाउँपालिका उपाध्यक्ष विष्णु बुढाले भने, “अपाङ्गता भएका व्यक्तिलाई जीवनयापन गर्न निकै असहज छ । उनीहरुको आर्थिक अवस्था कमजोर भएकाले आयआर्जनमा सुधार होस् भनेर बाख्रा वितरण गरिएको हो ।” प्रति अपाङ्गता भएका व्यक्तिलाई दुई÷दुई बाख्रा वितरण गरिएको उनले बताए ।
दलित विपन्नलाई सोलार वितरण
सोही गाउँपालिकाको वडा नं का दलित परिवारले सोलार पाएका छन् । उनीहरुले २० वाटको सोलार पाएका हुन् ।
सापुल्ली र नुवाकोट गाउँका दलित परिवारले सोलार पाएको वडाध्यक्ष सन्तबहादुर शाही बताए। उनका अनुसार सापुल्लीका ३२ र नुवाकोटका २८ दलित घरपरिवारले सोलार पाएका हुन् ।
वडा नं ४ मा १५० दलित घरपरिवार छन् । बाँकी ९० दलित घरपरिवारलाई केही दिनपछि सोलार वितरण गरिने छ । त्यो वडामा सापुल्ली, रावतवाडा र नुवाकोट गरी तीन गाउँ छन् । कूल घरपरिवार ४५० छन् ।
होम जेभी कम्पनीले सोलार वितरण गरेको हो । वडाध्यक्ष शाहीका अनुसार जलविद्युत् आयोजना नभएका र अँध्यारोमा रात बिताइरहेका घरपरिवारलाई अनुदानमा सोलार उपलब्ध गरिएको हो ।
घरमा सोलार पाएपछि बालबालिकालाई पठनपाठनमा सहज भइरहेको स्थानीयवासी बताउँछन् । जुम्लाको हिमा गाउँपालिका–४ का ६७ विपन्न घरपरिवारलाई २० वाटको सोलार अनुदानमा वितरण गरिएको थियो । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया