योगेन्द्र श्रेष्ठविरुद्ध २ अर्ब ६६ करोडको सम्पत्ति शुद्धीकरणको मुद्दा दायर

नेपाल सेयर मार्केट्स एन्ड फाइनान्स कम्पनीका तत्कालिन कार्यकारी अध्यक्ष योगेन्द्रप्रसाद श्रेष्ठ सहित अन्य पाँच जनाले गैर कानूनी रुपमा सम्पत्ति आर्जन (सम्पत्ति शुद्धीकरण) गरेको अभियोगमा सम्पत्ति शुद्धीकरण विभागले मुद्दा हालेको छ।

बैंकर श्रेष्ठले नेपाल सेयर मार्केट्स एण्ड फाइनान्स कम्पनीमा कार्यकारी अध्यक्ष पदमा कार्यरत हुँदा करिब दुई अर्ब ६६ करोड ६१ लख रुपैयाँ गैर कानुनी रुपमा आर्जन गरेको अभियोगमा विभागले मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

विभागका अनुसार अध्यक्ष श्रेष्ठले अन्य बैंक तथा वित्तीय संस्थावाट लिएको कर्जा फाइनान्सका ऋणीलाई दिने र ऋणीवाट मोटो रकम (कमिसन) लिई कर्जा निमाहा गर्दै आएको भेटिएको छ भने उनले कृतिम व्यक्तिको नाममा आफैले कर्जा लिने गरेको र आफुले लिएको कर्जा आफैले मिनाहा समेत गर्ने गरेको पाइएको छ।

विभागका अनुसार मंगलबार योगेन्द्रप्रसाद श्रेष्ठ लगायत उनकी श्रीमती गिता श्रेष्ठ, छोराहरु उत्सव, गौरव र सौरभ श्रेष्ठविरुद्ध सम्पत्ति शुद्धिकरणको गरेको अभियोग लागेको हो। नागरिक दैिनकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?