काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस(कोभिड १९) को कारण यो समाचार तयार पार्दासम्म विश्वभर ४ लाख ४३ हजार २ सय ३८ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका ८१ लख ९५ हजार ९५ जनामा कोरोना संक्रमण देखिएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै हालसम्म ४२ लाख ७२ हजार ९ सय ९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ५४ हजार ३ सय ३७ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
कोरोना भाइरस (कोभिड १९) को असर अमेरिकामा हालसम्म सबैभन्दा बढी देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १ लाख १८ हजार ७ सय २ पुगेको छ । बितेको २४ घण्टामा ११ हजार ५ सय २६ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या २१ लख ९४ हजार ४ सय ७६ पुगेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । हालसम्म ८ लाख ९२ हजार ९३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमित मध्ये १६ हजार ४ सय ४७ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र ४ सय १९ जनाले ज्यान गुमाएका छन् ।
ब्राजिलमा हालसम्म कोरोनाको कारण ४४ हजार ६ सय ५७ जनाको मृत्यु भएको छ । बितेको २४ घण्टामा १३ हजार १ सय ७८ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ९ लाख ४ हजार ७ सय ३४ पुगेको छ । हालसम्म ४ लाख ६४ हजार ७ सय ७४ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको र संक्रमितमध्ये ८ हजार ३ सय १८ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र थप ५ सय ३९ जनाको ज्यान गएको छ ।
रसियामा बितेको २४ घण्टामा ८ हजार २ सय ४८ जनामा कोरोना संक्रमण देखिएको छ । यो समाचार तयार पार्दासम्म २ लाख ९४ हजार ३ सय ६ जनाकोे कोरोनाको कारण ज्यान गएको र हालसम्म रसियाका ५ लाख ४५ हजार ४ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म २ लाख ९४ हजार ३ सय ६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने बितेको २४ घण्टामा मात्र थप १ सय ९३ जनाले ज्यान गुमाएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । वल्डोमिटरको तथ्यांकले देखाए अनुसार संक्रमितमध्ये २ हजार ३ सय जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ११ हजार ४ सय ४१ पुगेको छ । बितेको २४ घण्टामा ७ हजार ७ सय ११ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ३ लाख ५० हजार ७ सय ३७ पुगेको छ । हालसम्म १ लाख ८६ हजार ४ सय ५८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र १ हजार ५ सय २६ जनाको ज्यान गएको छ ।
त्यस्तै बेलायतमा हालसम्म २ लाख ९८ हजार १ सय ३६ जनामा कोरोना संक्रमण देखिएको छ । यो समाचार तयार पार्दासम्म कुल ४१ हजार ९ सय ६९ जनाको ज्यान गएको छ । भने बितेको २४ घण्टामा मात्र १ हजार २ सय ७९ जनामा कोरोना संक्रमण देखिएको र २ सय ३३ जनाको ज्यान गएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै संक्रमितमध्ये ३ सय ९५ जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तेै स्पेनमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या २७ हजार १ सय ३६ पुगेको छ । यो समाचार तयार पार्दासम्म २ लाख ९१ हजार १ सय ८९ जनामा कोरोना संक्रमण देखिएको र संक्रमितमध्ये ६ सय १७ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
त्यस्तै इटालीमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ३४ हजार ४ सय ५ पुगेको छ । बितेको २४ घण्टामा २ सय १० जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या २ लाख ३७ हजार ५ सय पुगेको छ । हालसम्म १ लाख ७८ हजार ५ सय २६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १ सय ७७ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
त्यस्तै पेरुमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ६ हजार ८ सय ६० पुगेको छ । बितेको २४ घण्टामा त्यँहा कोरोनाको असर देखिएको छैन् । हालसम्म २ लाख ३२ हजार ९ सय ९२ जनामा कोरोना संक्रमण देखिएको अवस्थामा १ लाख १९ हजार ४ सय ९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये १ हजार १ सय २१ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया