अभिनेता सुशान्तकी भाउजुको निधन, खप्न सकिनन् देवर मरेको पीडा

काठमाडौं । बलिउड अभिनेता अभिनेता सुशान्त सिंह राजपुतको सुसाइड नोटले अहिले उनको परिवार स्तब्ध बनेको छ ।

उनको मृत्यु भएको एक दिन बित्न नपाउँदै उनकी भाउजुको मृत्यु भएको छ । भरतीय सञ्चारमाध्यमका अनुसार सुशान्तको सुसाइड नोटले उनकी भाउजु स्तब्ध भएकी थिइन् । जसका कारण उनकी भाउजु सुधा देवीको मृत्यु भएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार सुधा देवीको मृत्यु सुशान्तको शव दाहसंस्कार गर्न लाग्दा भएको थियो ।

उनले देवरको मृत्यु भएपछि खान पिउन छोडिदिएकी थिइन् । उनका पति अमरेन्द्र सिंह्ले एक दैनिक पत्रिकासँगको कुराकानीमा सुधा पछिल्लो केहि दिन यता बिरामी रहेको बताएका छन् ।

त्यसमाथि देवरको मृत्युको खबरले उनी झनै थलिइन् ।उनको स्वास्थ्य सोमवार विहान देखि झनै बिग्रिन थालेको अमरेन्द्रले बताए ।

उनले भने, ‘पहिला भाई गयो अब श्रीमती ।’

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?