नुवाकोटमा थप ३ जनामा कोरोना पुष्टि

नुवाकोट । सोमवार नुवाकोटमा थप ३ जनामा कोरोना संक्रमण देखिएको छ ।

कोरोना संक्रमण पुष्टि हुनेमा २ जना महिला र १ पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

यससँगै नुवाकोटमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ११ पुगेको छ । यसअघि सामाजिक विकास मन्त्रालय प्रदेश ३ ले २ जना (६ वर्षीय बालिका र ३१ वर्षीया महिला) रहेको जनाएकोमा पछि थप १ जना गरि जम्मा ३ जनामा कोरोना पुष्टि भएको हो । उनीहरुको चितवनको भरतपुर अस्पतालमा गरिएको परीक्षणका क्रममा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

नेपालमा सोमवार मात्र कुल ४ सय ५१ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ६ हजार २ सय ११ पुगेको मन्त्रालयले जनाएको छ । हालसम्म १ हजार ४१ जना कोरोना उपचारपछि निको भएका छन् । आज मात्र थप ६७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?