काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण ज्यान गुमाउनेको संख्या ४ लाख ३३ हजार ९ सय ४ पुगेको छ । यो समाचार तयार पार्दासम्म विश्वभरका ७९ लाख ३९ हजार ९ सय ८८ जनामा कोरोना संक्रमण देखिएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । बितेको २४ घण्टामा मात्र कोरोनाको कारण विश्वभर १ हजार ९ सय ८६ जनाको ज्यान गएको र ७९ हजार ४ सय ६४ जना कोरोना संक्रमित थपिएका छन् ।
त्यस्तै यो समाचार तयार पार्दासम्म विश्वभरका ४० लाख ७८ हजार ६ सय ६८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ५४ हजार १ सय ३३ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस (कोभिड १९) को असर सबैभन्दा बढी देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोनाको कारण १ लाख १७ हजार ६ सय ४९ जनाको ज्यान गएको छ । बितेको २४ घण्टामा ९ हजार ५ सय ६ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या २१ लख ५१ हजार ७ सय ३० पुगेको छ । त्यस्तै हालसम्म ८ लाख ५६ हजार २ सय ८९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको र संक्रमितमध्ये १६ हजार ७ सय २७ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र थप १२२ जनाको कोरोनाको कारण ज्यान गएको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
त्यस्तै हालसम्म ब्राजिलमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ४२ हजार ८ सय ३७ पुगेको छ । बितेको २४ घण्टामा १ हजार ९ सय ८९ जनामा कोरोना संक्रमित थपिएसँगै संक्रमितको संख्या ८ लाख ५२ हजार ७ सय ८५ पुगेको छ । त्यस्तै हालसम्म ४ लाख ३७ हजार ५ सय १२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ८ हजार ३ सय १८ जनाको अवस्था रहेको वल्डोमिटरको तथ्यांकले देखाएको । त्यस्तै बितेको २४ घण्टामा ब्राजिलमा थप ४६ जनाको ज्यान गएको छ ।
त्यस्तै कोरोना संक्रमितको हिसावले तेस्रो नम्बरमा रहेको देश रसियामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ६ हजार ९ सय ४८ पुगेको छ । बितेको २४ घण्टामा ८ हजार ८ सय ३५ जनामा कोरोना संक्रमण देखिएको र १ सय १९ जनाको ज्यान गएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । हालसम्म कुल ५ लाख २८ हजार ९ सय ६४ जनामा कोरोना संक्रमण देखिएको अवस्थामा २ लाख ८० हजार ५० जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । त्यस्तै संक्रमितमध्ये २ हजार ३ सयको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ९ हजार ५ सय १४ पुगेको छ । बितेको २४ घण्टामा ११ हजार १ सय १० जनामा कोरोना संक्रमण देखिएको र थप ३ सय १५ जनाको कोरोनाको कारण ज्यान गएको छ । त्यस्तै हालसम्म ३ लाख ३२ हजार ७ सय ३६ जनामा कोरोना संक्रमण देखिएको र १ लाख ६९ हजार ४ सय ६४ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।
बेलायतमा हालसम्म कोरोनाको कारण ४१ हजार ६ सय ९८ जनाको ज्यान गएको छ । बितेको २४ घण्टामा थप १ हजार ५ सय १४ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या २ लाख ९५ हजार ८ सय ८९ पुगेको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण थप ३६ जनाको ज्यान गएको र संक्रमितमध्ये ३ सय ९२ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
स्पेनमा हालसम्म कोरोनाको कारण २७ हजार १ सय ३६ जनाको ज्यान गएको छ । यो समाचार तयार पार्दासम्म स्पेनका २ लाख ९० हजार ६ सय ८५ जनामा कोरोना संक्रमण देखिएको छ । बितेको २४ घण्टामा स्पेनमा कोरोनाको असर देखिएको छैन् । त्यस्तै कोरोना संक्रमितमध्ये ६ हजार २ सय १७ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
इटालीमा हालसम्म २ लाख ३६ हजार ९ सय ८९ जनामा कोरोना संक्रमण देखिएको छ । बितेको २४ घण्टामा ४४ जनाको कोरोनाको कारण मृत्यु भएसँगै कुल मृतकको संख्या ३४ हजार ३ सय ४५ पुगेको छ । हालसम्म १ लाख ७६ हजार ३ सय ७० जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने बितेको २४ घण्टामा मात्र ३ सय ३८ जना कोरोना संक्रमित थपिएको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
त्यस्तै पेरुमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ६ हजार ४ सय ९८ पुगेको छ । हालसम्म २ लाख २५ हजार १ सय ३२ जनामा कोरोना संक्रमण देखिएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । भने हालसम्म १ लाख ११ हजार ७ सय २४ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया