भोलिदेखि मोटरसाइकलमा जोर–विजोर

काठमाडौं । भोलि सोमबारदेखि चारपांग्रे निजी सवारी साधन र मोटरसाइकल (स्कुटर र मोपेडसहित)मा जोरबिजोर प्रणाली लागू हुने भएको छ ।

यसअघि मोटरसाइकलमा जोरबिजोर लागू हुने कि नहुने भन्नेमा अन्योलता रहेपछि गृह मन्त्रालयले यसबारे स्पष्ट गर्दै जोर–बिजोर प्रणाली लागू गर्न मातहतका निकायलाई निर्देशन दिएको हो ।

गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले मन्त्रिपरिषद्को निर्णयलाई थप स्पष्ट पार्दै मोटरसाइकलमा पनि जोरबिजोर प्रणाली लागू हुने गरी निर्णय भएको जानकारी दिए ।

यस्तै निजी चारपांग्रे सवारीमा पनि जोरबिजोर नै लागू हुनेछ । बुधबारको मन्त्रिपरिषद् बैठकले निजी सवारी चल्न दिने निर्णय गरेको थियो भने सर्वसाधारणको आवागमनका साथै ब्यापार व्यवसाय पनि खोलेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?