काठमाडौं प्रवेश गर्ने र बाहिरिनेलाई लिएर जिल्ला प्रशासनले निकाल्यो यस्तो सूचना

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौं प्रवेश गर्ने र काठमाडौंबाट बाहिरिनेका लागि एक सूचना जारी गरेको छ ।

नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७७/२/२८ को निर्णयानुसार तथा गृह मन्त्रालयको मिति २०७७/२/३० को निर्देशन बमोजिम महानगरपालिकाले काठमाडौं उपत्यका प्रवेश गर्ने तथा बाहिरिने सवारी साधनको पासका लागि विभिन्न नियम बनाएको हो ।

आईतवार दिउँसो एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय काठमााडौंले काठमाडौं उपत्यका बाहिर जाने सवारी पासको लागि व्यक्तिगत अत्यावश्यक कार्यको लागि भए प्रयोजन खुल्ने कागजात सहित जिल्ला प्रशासन कार्यालयमा कागजात दिन अनुरोध गरेको छ ।

साथै सरकारी वा संस्थागत कामको लागि भए सम्बन्धित संस्थाको सिफारिस पत्र सहित कार्यालयमा सम्पर्क राख्न अनुरोध गरेको छ ।

त्यस्तै काठमाडौं उपत्यका प्रवेश गर्ने सवारीका लागि काठमाडौं जिल्लाको कुन नगरपालिकामा बसोबास गर्ने हो, सोही नगरपालिका प्रवेशको लागि अनुमति सहित यात्रा शुरु गर्ने जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुपर्नेछ ।

साथै जिल्ला प्रशासनको कार्यालयहरुबाट अनुमति माग गरेर कार्यालयमा पत्र प्राप्त भएपछि संक्रमण जोखिम विश्लेषण यात्रा औचित्यलाई पुष्टी हुने कागजात समेत पाएपछि काठमाडौं प्रवेश गर्न दिने भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । तर काठमाडौं जिल्ला भित्र भने जोर विजोर प्रणाली लागू भईसकेकोले काठमाडौंमा सवारी पास हाललाई बन्द गरिएको पनि जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

No photo description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?