कोरोना खर्चमा डेढ अर्ब तलमाथि

लोकपथ संवाददाता
0
Shares
sf7df8f}F, @ r}tM sf]/f]gfaf/] 5nkmndf pkk|d sf]/f]gf efO/;sf ljifodf cfOtaf/ k|wfgdGqL tyf dlGqkl/ifb sfof{nodf ePsf] 5nkmndf pRr:t/Lo ;ldltsf ;+of]hs tyf pkk|d O{Zj/ kf]v/]n Pj+ ;xefuL k|b]z:t/Lo d’VodGqLx? . t:jL/ M rGb|snf If]qL÷/f;;

कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा व्यवस्थापन खर्च विवरणमा झन्डै डेढ अर्ब रुपैयाँ तलमाथि परेको देखिएको छ। सरकारले कोरोना भाइरस संक्रमण (कोभिड–१९) रोकथाम, नियन्त्रण तथा व्यवस्थापनमा आठ अर्ब ३९ करोड ११ लाख १९ हजार रुपैयाँ खर्च भएको विवरण शनिबार सार्वजनिक गरेको छ।
यसअघि २१ गते उपप्रधान तथा रक्षामन्त्री नेतृत्वको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले नौ अर्ब ८७ करोड रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरेको थियो। त्यतिबेला समितिका सदस्य सचिव एवं प्रवक्ता नारायण बिडारीले कोभिड–१९ रोकथाम तथा व्यवस्थापनमा उक्त रकम खर्च भएको जानकारी गराएका थिए।

सदस्य सचिव बिडारीले यसअघि जानकारी गराएको खर्च रकम र शनिबार सार्वजनिक खर्च विवरण हेर्दा करिब डेढ अर्ब रुपैया तलमाथि परेको देखिन्छ। नागरिक दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?