पर्वत । पर्वतको कुश्मा नगरपालिका वडा नं. ३ स्थित दुर्लुङ–ढकालथरमा शनिबार राति पहिरो भएको छ । पहिरोले २ घर बगाएको छ। यस्तै २ को मृत्यु र ७ बेपत्ता बनेका छन् ।
जिल्ला प्रशासन कार्यालय पर्वतका सूचना अधिकारी धनश्याम गौतमले अहिले स्थानीयका साथै नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्दार जारी राखेको भन्दै एक महिला र एक पुरुष गरी २ जनाको शव फेला परेको बताए ।
यस्तै ७ जना बेपत्ता भएको जानकारी आएपनि थप विवरण आइनसकेको बताए ।
अहिलेपनि घटनास्थलमा वर्षाका बीच उद्दार कार्य चलिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया