देशैभर खुसी छायो: नयाँ नक्सा पारित गरिएसँगै नुवाकोटमा दिप प्रज्वलन

काठमाडौं । नेपालको भूगोलमा लिपुलेक, लिम्पियाधुरा र कालापानी थपिएको खुसीयालीमा नुवाकोटको सदरमुकाम बिदुरमा शनिबार साँझ दीप प्रज्वलन गरिएको छ ।

बिदुर नगरपालिकास्थित बिदुर चोकमा भेला भएका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट युवा विद्यार्थीहरुले संशोधित नक्सा बनाएर दीप बालेर खुसीयाली मनाएका हुन् ।

लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्सालाई प्रतिनिधिसभाले सर्वसम्मत पारित गरेको छ। सो अवसरमा अनेरास्वबियु समर्थित बिधार्थी र नेकपाका स्थानिय नेताहरुले अब कालापानीबाट भारतीय सेनालाई हटाउन भारतसँगै वार्ता गर्न आवश्यक रहेको बताएका छन ।

उनीहरुले राजतन्त्रले गुमाएको भूमी गणतन्त्रले फिर्ता ल्यायो, प्रधानमन्त्री केपी ओलीलाई काम गर्न देउ जस्ता नाराहरु लेखिएका प्लेकार्ड समेत प्रदर्शन गरेका थिए । सत्तारुढ कार्यकर्ताहरुले प्रधानमन्त्री केपी ओली जिन्दाबाद, भारतीय बिस्तारबाद मुर्दाबाद लगायतका नाराहरु समेत लगाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?