काठमाडौं । पीसीआर परीक्षणको रिपोर्टमा ढिलाई भएको भन्दै रौतहटमा प्रहरी र स्थानीयबीच भिडन्त भएको छ ।
रौतहटको राजपुर नगरपालिका स्थित १ बहुअर्वा क्वारेन्टाईनमा बसिरहेका संकास्पद बिरामीको पीसीआर रिपोर्ट आउन ढिला भएको भन्दै बिरामी र उनीहरुका आफन्तसहित स्थानीय मुख्य सडक अवरुद्ध गरेर आन्दोलनमा उत्रिएका थिए ।
आन्दोलनकारीलाई हटाउँदै बाटो खुलाउन त्यँहा पुगेका प्रहरीमाथि नै आन्दोलनकारी र क्वारेन्टाईन बसेकाहरुले प्रतिवाद गर्दा ३ प्रहरीसहित ६ घाइते घाइते भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उक्त घटनालाई नियन्त्रणमा लिन नेपाल प्रहरी,सशस्त्र प्रहरीका साथै नेपाली सेना समेत खटाईएको थियो । सो क्रममा प्रहरीले २ राउण्ड हवाईफायर र १२ सेल अश्रुग्यांस प्रहार गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया