काठमाडौं । महानगरीय प्रहरी वृत्त कालिमाटीले जुवातास खेल्ने ९ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले आज दिउँसो काठमाडौं महानगरपालिका-१४ रविभवन स्थित एक घरमा जुवाताख खेलिरहेको अवस्थामा कुलेश्वर बस्ने धादिङका राजु भुजेलसहित ९ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा ३ महिला सहित ९ जना रहेका छन । उनीहरूको साथबाट प्रहरीले नगद १ लाख ११ हजार ८ सय ४० रुपैया बरामद गरेको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया