सरकारले देखायो कोरोना नियन्त्रण खर्चको विवरण, कहाँ कति खर्च ?

काठमाडौं – सरकारले कोरोना भाइरस कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणको लागि गरेको खर्चको विवरण माग्दै देशका विभिन्न शहरहरुमा आन्दोलन भइरहेको छ । यसैबीच सरकारले कोरोना नियन्त्रण कार्यमा अहिलेसम्म करिब आठ अर्ब ३९ करोड ११ लाख ९९ हजार रुपियाँ खर्च भएको विवरण सार्वजनिक गरेको छ ।

कोरोना परीक्षण प्रयोगशाला, आइसोलेसन स्थापना, कोरोना अस्पताल तथा क्वारेन्टाइन निर्माण, औषधि तथा स्वास्थ्य सामग्री, जनशक्ति परिचालन आदीमा खर्च भएको जनाइएको छ ।

प्राप्त जानकारी अनुसार  :

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमार्फत स्वास्थ्य पूर्वाधार निर्माणमा मात्र ९८ करोड ५० हजार रुपैयाँ,, औषधि र स्वास्थ्य सामग्री खरिदमा एक अर्ब ४९ करोड ७५ लाख ५० हजार रुपैयाँ, क्वारेन्टिन व्यवस्थापनमा चार करोड १९ लाख ९८ हजार रुपैयाँ र अन्य विविध खर्चका रूपमा १३ करोड चार लाख ३१ हजार रुपियाँ खर्च भएको जनाइएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा दुई अर्ब ७१ करोड २९ लाख ४७ हजार रुपियाँ निकासा भएकोमा अहिलेसम्म एक अर्ब ५८ करोड ५२ लाख ८३ हजार रुपियाँ खर्च भएको जनाइएको छ ।

रक्षा मन्त्रालयमा दुई अर्ब ३८ करोड ५९ लाख २७ हजार निकासा भएकोमा दुई अर्ब ४० करोड २४ लाख ५७ हजार रुपियाँ खर्च भएको छ । जसमध्ये दुई अर्ब ३६ करोड ९५ लाख २७ हजार रुपियाँ औषधि तथा स्वास्थ्य सामग्री खरिदमा खर्च भएको जनाइएको छ ।

त्यस्तै, क्वारेन्टाइन निर्माणमा एक करोड २९ लाख रुपियाँ र विविध अन्य ३५ लाख रुपियाँ खर्च भएको छ ।

मन्त्रालयका अनुसार गृह मन्त्रालयमार्फत दुई करोड ४५ लाख ८८ हजार रुपियाँ खर्च भएको छ । त्यस्तै, परराष्ट्र मन्त्रालयमा ६५ लाख निकासा भएको पाइएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा छ करोड निकासा भएकोमा पाँच करोड २० लाख रुपियाँ खर्च भएको छ ।

सहरी विकास मन्त्रालयमा एक करोड ४२ लाख, प्रदेशका सामाजिक विकास मन्त्रालयहरू (सातै प्रदेश) मार्फत १५ करोड ७५ लाख रुपियाँ खर्च भएको जनाइएको छ ।

सातै प्रदेशबाट गरी १ अर्ब ३० करोड ४ लाख ९९ सय हजार खर्च भएको उल्लेख छ।

यसैगरी, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत प्रविधि विकास र वैकल्पिक सिकाइका लागि २६ करोड ७५ लाख ७८ हजार निकासा भएकोमा दुई करोड ६९ लाख ७८ हजार रुपियाँ खर्च भएको छ ।

कोरोना सङ्क्रमण नियन्त्रण तथा रोकथाममा संलग्न आठ मन्त्रालयमा जम्मा पाँच अर्ब ६२ करोड ९२ लाख ४० हजार निकासा भएकोमा चार अर्ब १० करोड ५५ लाख छ हजार रुपियाँ खर्च भएको मन्त्रालय स्रोतले जनाएको छ ।

प्रदेश सरकारमार्फत एक अर्ब ३० करोड चार लाख ९९ हजार रुपियाँ खर्च भएको जनाइएको छ ।

प्रदेश १ ले १९ करोड ३५ लाख ६० हजार

प्रदेश २ मा १३ करोड ३९ लाख ४६ हजार

बाग्मती प्रदेशले १३ करोड ६७ लाख

गण्डकीले १५ करोड ४२ लाख १० हजार

प्रदेश ५ ले सात करोड ७९ लाख ३० हजार

कर्णालीले २३ करोड ९२ लाख ८३ हजार

सुदूरपश्चिम प्रदेशले ३६ करोड ४८ लाख ७० हजार रुपियाँ खर्च गरेको छ ।

यस्तो छ खर्च विवरण : 

यो पनि पढ्नुहोस् : 

आन्दोलनकारीलाई यस्तो आग्रह (विज्ञप्तीसहित)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?