काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण ज्यान गुमाउनेको संख्या ४ लाख २६ हजार ३० पुगेको छ । यो समाचार तयार पार्दासम्म विश्वभरका ७६ लाख ७१ हजार ७ सय ८७ पुगेको छ । त्यस्तै संक्रमितमध्ये ३८ लाख ८६ हजार ३ सय ४२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको र ५३ हजार ९ सय ४६ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
संयुक्त राज्य अमेरिकामा कोरोनाको असर सबैभन्दा बढी असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोनाको कारण ज्यान गुमाएका छन् । बितेको २४ घण्टामा १० हजार ९ सय ५८ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या २१ लाख ६ सय ५९ पुगेको छ । हालसम्म ८ लाख १८ हजार २ सय ७८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन्् भने संक्रमितमध्ये १६ हजार ८ सय ३० जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ३ सय ८ जनाको ज्यान गएको छ ।
त्यस्तै ब्राजिलमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ४१ हजार १ सय ६२ पुगेको छ । बितेको २४ घण्टामा ३ हजार ७ सय ४९ जनामा कोरोना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ८ लाख ९ हजार ३ सय ९८ पुगेको तथ्यांकले देखाएको छ । त्यस्तै हालसम्म ३ लाख ९६ हजार ६ सय ९२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ८ हजार ३ सय १८ जनाको अवस्था गम्भीर रहेको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र ब्राजिलमा १ सय बढीको ज्यान गएको छ ।
रसियामा बितेको २४ घण्टामा ८ हजार ९ सय ८७ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ५ लाख ११ हजार ४ सय २३ पुगेको छ । यो समाचार तयार पार्दासम्म रसियामा ६ हजार ७ सय १५ जनाले ज्यान गुमाएका छन् भने संक्रमितमध्ये २ लाख ६९ हजार ३ सय ७० जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
त्यस्तै भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ८ हजार ८ सय ९० पुगेको छ । बितको २४ घण्टामा ३ सय ८९ जनाको कोरोनाको कारण ज्यान गएको र ११ हजार १ सय ६ जनामा कोरोना संक्रमण देखिएको छ । हालसम्म ३ लाख ९ हजार ३ सय ८९ जनामा कोरोना संक्रमण देखिएको भारतमा हालसम्म १ लाख ५४ हजार १ सय ३१ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको तथ्यांकले देखाएको छ । त्यस्तै संक्रमितमध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ ।
बेलायतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ४१ हजार ४ सय ८१ पुगेको छ । बितेको २४ घण्टामा १ हजार ५ सय ४१ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या २ लाख ९२ हजार ९ सय ५० पुगेको छ । कोरोना संक्रमितमध्ये ४ सय ९२ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरले देखाएको छ । भने बितेको २४ घण्टामा मात्र कोरोनाको कारण २ सय २ जनाको ज्यान गएको छ ।
स्पेनमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या २७ हजार १ सय ३६ पुगेको छ । बितेको २४ घण्टामा २ लाख ९० हजार २ सय ८९ पुगेको छ । भने बितेको २४ घण्टामा मात्र ५ सय २ जनामा कोरोना संक्रमण देखिएको छ भने संक्रमितमध्ये ६ सय १७ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
त्यस्तै इटालीमा यो समाचार तयार पार्दासम्म २ लाख ३६ हजार ३ सय ५ जनामा कोरोना संक्रमण देखिएको छ । बितेको २४ घण्टामा १ सय ६२ जनामा कोरोना संक्रमण देखिएको र ५६ जनाको कोरोनाको कारण ज्यान गएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । हालसम्म ३४ हजार २ सय २३ जनाको कोरोनाको कारण ज्यान गएको र १ लाख ७३ हजार ८५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।
त्यस्तै पेरुमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ६ हजार १ सय ९ पुगेको छ । हालसम्म २ लाख १४ हजार ७ सय ८८ जनामा कोरोना देखिएको पेरुमा १ लाख २ हजार ४ सय २९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये १ हजार ६५ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया