कोरोनाविरुद्धको भ्याक्सिनको अन्तिम चरणको परीक्षण जुलाईमा हुने घोषणा

काठमाडौं । कोरोनाको भ्याक्सिनको विकासमा सक्रिय अमेरिकी कम्पनी मोडर्नाले आगामी जुलाईमा तेस्रो चरणको काम सुरु गर्ने घोषणा गरेको छ । तेस्रो अर्थात् अन्तिम चरणअन्तर्गत ३० हजार स्वयंम्सेवकमा भ्याक्सिन परीक्षण गर्ने योजना रहेको कम्पनीको घोषणा छ ।

मासाचच्युसेट्सस्थित बायोटेक कम्पनीले अनुसन्धानको प्राथमिक लक्ष्य लक्षणसहितको कोभीड–१९ रोकथाम गर्नमा केन्द्रीत हुने जनाएको छ । त्यसपछि अन्तिम लक्ष्य यस क्रुर रोगको रोकथाम गर्दै मानिसलाई अस्पतालबाट बाहिरै राख्नु रहेको जनाइएको छ ।

मोडर्नाले अबको चरणमा अध्ययनका लागि १ सय माइक्रोग्राम डोजको भ्याक्सिन छनोट गरिएको जनाएको छ । यस डोज लेभलमा प्रति वर्ष ५ सय मिलियदेखि संभव भएस्म्म १ बिलियन भ्याक्सिन उत्पादन गर्ने योजना कम्पनीको छ । यस कम्पनीले २०२१ सम्म भ्याक्सिन बजारमा ल्याइसक्ने लक्ष्य राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?