भारतमा ३ लाख नाघे कोरोना संक्रमित

काठमाडौं । भारतमा शुक्रवार कोरोना संक्रमितको संख्या ३ लाख नाघेको छ । यससँगै कोरोना संक्रमणको हिसावले चौँथो नम्बरमा परेको छ ।

भारतमा पहिलो संक्रमित ३० जनवरीमा फेला परेका थिए । त्यसको १ सय १० दिन अर्थात् १० मेइमा यो संख्या १ लाखमा पुग्यो । त्यसपछि रफ्तार यति तिव्र देखियो, २५ दिनभित्रै यो आँकडा ३ लाखमा पुग्यो ।

अमेरिकामा कुल तीन लाख संक्रमित संख्या पुग्न ८२ दिन लागेको थियो । भारतमा १ सय ३५ दिनमा तीन लाख संक्रमित पुगे ।

अहिलेको आँकडाअनुसार भारतमा हरेक ५ दिनमा ५० हजार संक्रमित फेला परिसकेका छन् ।

भारतमा संक्रमितसँगै कोरोबाट निको हुनेको संख्या पनि बढेको छ । यहाँ निको हुनेको दर ४९ दशमलव ३४ प्रतिशत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?