लकडाउनको मोडालिटी परिवर्तनबारे सरकार नै अलमलमा

काठमाडौं । साढे दुई महिनाभन्दा बढी समयदेखि जारी लकडाउनको मोडालिटी परिवर्तन गर्ने विषयमा सरकार अलमलमा परेको छ । सरकारले गत ११ चैत २०७६ देखि कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै लकडाउन घोषणा गरेर अत्यावश्यकबाहेकका सवारीसाधन चलाउन र आवतजावतमा रोक लगाउँदै आएको छ ।

लामो समयसम्म लकडाउनका कारण सर्वसाधारण, श्रमजीवी, मजदुर तथा व्यवसायीले लकडाउनको स्वरूप परिवर्तन गर्न दबाब दिँदै आएपनिस्वरूप कस्तो बनाउने भन्नेमा नै सरकार अन्योलमा परेको छ । एकातर्फ लकडाउन खुकुलो बनाउन दिनदिनै जनदबाब बढिरहेको छ भने अर्कातर्फ दिनहुँ कोरोना भाइरसका संक्रमित थपिने क्रम बढ्दो छ । मंगलबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार नाघेको छ ।

सरकारले लकडाउनको स्वरूप परिवर्तन गर्न ढिला गर्दा काठमाडौं उपत्यकालगायतका सहरमा व्यवसायीले एकतर्फी रूपमा पसल खोल्न थालेका छन् । सडकमा सवारीको चापसमेत बढ्न थालेको छ ।राजधानी दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?