काठमाडौं । नेपालमा हालसम्म ४ हजार ८५ जनामा कोरोना संक्रमण देखिएको छ । त्यसमध्ये ३ हजार ७ सय ९८ पुरुष र २ सय ८७ जनामा महिला रहेका छन् ।
आज(मंगलवार) मात्रै थप २ सय २३ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये २ सय ९२ पुरुष र ३१ महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै हालसम्म ५ सय ८४ जना कोरोना जितेर घर फर्किएका छन् । त्यस्तै आज मात्रै थप ९६ जना संक्रमित उपचारपछि घर फर्किएका हुन् । आज इलाममा पहिलो पटक कोरोना संक्रमण देखिएको छ । त्यससँगै नेपालमा हालसम्म ७७ जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया