काठमाडौं । नेपालमा कोरोनाको कारण हालसम्म १५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालले जनाएको छ । भरतपुर अस्पतालमा आज(मंलगवार) बिहान थप एक जनाको मृत्यु भएसँगै मृतक संख्या १५ पुगेको मन्त्रालका प्रवक्ता प्रा डा जागेश्वर गौतमले बताए ।
गौतमका अनुसार मृतक भरतपुर महानगरपालिका–११ सामनाटोलका गुरुङ समुदायका ती व्यक्ति ६८ वर्षका पुरुष हुन् ।
यसअघि नेपालका १४ जनाको कोरोनाको कारण मृत्यु भइसकेको छ ।
नारायणी सामुदायिक अस्पताल भरतपुरमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सोमवार साँझ भरतपुर अस्पतालमा सारिएको थियो ।
नेपालमा हालसम्म ४ हजार ८५ जनामा कोरोना संक्रमण देखिएको छ । आज मात्रै थप ३ सय २३ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै हालसम्म ५ सय ८४ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया