काठमाडौं । नेपालमा आज (मंगलवार) एकैपटक ३२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४ हजार ८५ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले नेपालमा आज एकैपटक ३२३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।
उनका अनुसार आज भेटिएका कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।
यसैबीच नेपालमा आज थप एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको महामारी मृत्यु हुनेको संख्या १५ पुगेको छ ।
साथै नेपालमा अहिलेसम्म कोरोनाविरुद्धको लडाई जितेर घर फर्किनेको संख्या ५८४ रहेको छ । आज मात्रै नेपालमा थप ९६ जना संक्रमित कोरोनालाई जितेर घर फर्किएका छन् ।
नेपालमा हिजो (सोमवार) एकैपटक ३१४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया