किशोर तमाङ्ग / कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा ३७ जनामा कोरोना पुष्टि भएकोमा एक जना सुरक्षाकर्मी रहेको खुलेको छ।
यसअघि कञ्चनपुरमा एक जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएकोमा आज पनि कञ्चनपुरकै अर्का स्वास्थ्यकर्मी लगायत एकजना सुरक्षाकर्मीमा पनि कोरोना पुष्टि भएको हो।
जिल्लाको पुनर्वास नगरपालिकास्थित इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती दरबन्दी भइ ककड प्रहरी चौकीमा कार्यरत सुरक्षाकर्मी क्वारेन्टाईनमा खटिरहेका थिए ।
पुनर्वासमा कोरोना भाइरसको संक्रमण बढे लगतै सो क्वारेन्टाईनमा पीसीआर चेकजाँच गर्दा सुरक्षाकर्मीमा पनि कोरोना पुष्टि भएको हो । उनी कोरोना शंकास्पद बिरामी रहेको क्वारेन्टाईनमा खटिएका थिए।
उनी अहिले पुनरवासमै छन् भने स्वास्थ्यकर्मीहरू भने बिशेष बनाइएको छुट्टै आइसोलेसनमा जाने तयारी भइरहेको खबर पाउँदा आफू कहाँ जाने भन्ने कुरामा अनभिज्ञ छन्।
यसअघि कञ्चनपुरको पुनर्वास नगरपालिकाका ३६ वर्षीय ल्याव असिस्टेन्टमा पनि कोरोना पुष्टि भएको थियो भने पुन एक स्वस्थकर्मी र एक सुरक्षाकर्मी गरी पुनर्वासमा मात्र १९जनामा कोरोना पुष्टि भएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया