कोरोना अपडेट: विश्वभर ७१ लाख ४८ हजार बढीमा फैलियो संक्रमण, कति पुगे मृतक (विवरणसहित)

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण ज्यान गुमाउनेको संख्या ४ लाख ७ हजार ४ सय ९२ पुगेको छ । यो समाचार तयार पार्दासम्म ७१ लाख ४८ हजार ९ सय ३७ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै हालसम्म ३४ लाख ९० हजार ६ सय २५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ५३ हजार ८ सय ७ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

कोरोना संक्रमणको असर संयुक्त राज्य अमेरिकामा सबैभन्दा बढी असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १ लाख १२ हजार ६ सय ४५ पुगेको छ । बितेको २द्ध घण्टामा ६ हजार ४ सय ३८ जनामा कोरोना संक्रमितसँगै कुल संक्रमितको संख्या २० लाख १३ हजार ८ सय ८७ पुगेको छ । त्यस्तै हालसम्म ७ लाख ६३ हजार ३ सय ३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । बितेको २४ घण्टामा मात्र १ सय ६७ जनाको ज्यान गएको र संक्रमितमध्ये १६ हजार ९ सय २३ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

त्यस्तै ब्राजिलमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ३७ हजार ३ सय १२ पुगेको छ । यो समाचार तयार पार्दासम्म ब्राजिलमा ६ लाख ९३ हजार ९ सय ५३ जनामा कोरोना संक्रमण देखिएको अवस्थामा बितेको २४ घण्टामा मात्र १ हजार ९ सय ९१ जना कोरोना संक्रमित थपिएका छन् । हालसम्म ३ लाख २ हजार ८४ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ८ हजार ३ सय १८ जनाको अवस्था गम्भीर रहेको र बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ८ सय १३ जनाको ज्यान गएको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

त्यस्तै रसियामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ५ हजार ९ सय ७१ पुगेको छ । बितेको २४ घण्टामा ८ हजार ९ सय ८५ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ४ लाख ७६ हजार ६ सय ५८ पुगेको छ । हालसम्म २ लाख ३० हजार ६ सय ८८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको अवस्थामा २ हजार ३ सय बढीको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै स्पेनमा हालसम्म २ लाख ८८ हजार ६ सय ३० जना मानिस कोरोना संक्रमणको शिकार भएका छन् । यो समाचार तयार पार्दासम्म स्पेनमा २७ हजार १ सय ३६ जनाको कोरोनाको कारण ज्यान गुमाएका छन् । त्यस्तै संक्रमितमध्ये ६ सय १७ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

त्यस्तै बेलायतमा हालसम्म कोरोनाको कारण ४० हजार ५ सय ९७ जनाको ज्यान गएको छ । बितेको २४ घण्टामा थप १ हजार २ सय ५ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या २ लाख ८७ हजार ३ सय ९९ पुगेको छ । त्यस्तै संक्रमितमध्ये ५ सय १६ जनाको अवस्था गम्भीर रहेको र बितेको २४ घण्टामा ५५ जनाले कोरोनाको कारण ज्यान गुमाएको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

त्यस्तै छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ७ हजार ४ सय ७३ जनाको ज्यान गएको छ । बितेको् २४ घण्टामा ८ हजार ३ सय ३३ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या २ लाख ६५ हजार ८ सय १९ पुगेको छ । हालसम्म १ लाख २८ हजार ९ सय १९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्रै भारतमा कोरोनाको कारण २ सय ६६ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै इटालीमा हालसम्म कोरोनाको कारण ३३ हजार ९ सय ६४ जनाको ज्यान गएको छ । यो समाचार तयार पार्दासम्म २ लाख ३५ हजार २ सय ७८ जनामा कोरोना संक्रमण देखिएको छ । बितेको २४ घण्टामा मात्र २ सय ८० जनामा कोरोना संक्रमण देखिएको र थप ६५ जनाको ज्यान गएको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

पेरुमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ५ हजार ४ सय ६५ पुगेको छ । यो समाचार तयार पार्दासम्म पेरुमा १ लाख ९६ हजार ५ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म ८६ हजार २ सय १९ जना कोरोना संक्रमण उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १ हजार ६२ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

त्यस्तै जर्मनीमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ८ हजार ७ सय ८३ जनाको ज्यान गएको छ । यो समाचार तयार पार्दासम्म १ लाख ८६ हजार १ सय १ जनामा कोरोना संक्रमण देखिएको र १ लाख ६९ हजार ६ सय मानिस कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । बितेको २४ घण्टामा मात्र २ सय ३२ जनामा कोरोना संक्रमण देखिएको र ७ जनाको ज्यान गएको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?