नेपालमा हालसम्म १ लाख ९ सय ७२ पीसीआर परीक्षण, क्वारेन्टाइनमा १ लाख ६६ हजार बढी !

काठमाडौं- हाल सम्म कुल १ लाख ९ सय ७२ पीसीआर परीक्षण भएको छ भने १ लाख ५६ हजार ९ सय ९१ आरडिटी परीक्षण भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ७ सय ६६ जनाको पीसीआर प्रविधिबाट परीक्षण भएको छ भने आरडिटी परीक्षण ११ हजार ९ सय ४२ जनाको गरी कुल १६ हजार ७ सय ८ वटा परीक्षण भएको छ ।

१ लाख ६६ हजार ६ सय ६८ जना क्वारेन्टाइनमा 

मन्त्रालयका अनुसार सोमबार देशभर १ लाख ६६ हजार ६ सय ६८ जना क्वारेन्टाइनमा रहेका छन भने आइसेलेसनमा रहने विरामीको संख्या ३ हजार २ सय ६० जना रहेका छन् ।

थप एकको मृत्यु
कोरोना भाइरस ९कोभिड–१९०को संक्रमणबाट थप एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले स्याङ्जा जिल्ला वालिङ नगरपालिका वडा नं ३ का वर्ष ५८ का एक जना पुरुषको निधन भएको बताए । यससँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ ।
यस्तै कोरोना संक्रमणको पुष्टि हुनेहरुको संख्या पनि बढ्दै गएको छ ।

३ सय १४ जनामा संक्रमण

पछिल्लो २४ घण्टामा ३ सय १४ जनामा पीसीआर प्रविधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस संक्रमण भएको पाइएको छ । जसमध्ये २ सय ९४ जना पुरुष र २० जना महिला रहेका छन् । यससँगै नेपालमा कोरोना भाइरस संक्रमण भएका व्यक्तिहरुको संख्या ३ हजार ७ सय ६२ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज थपिएका कोरोना संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।

नेपालमा हिजो (आईतवार) एकैपटक २१३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

२१ जना निको भए

पछिल्लो २४ घण्टामा २० पुरुष र १ महिला गरी २१ जना निको भएर घर फर्किएका छन् । यससँगै कुल निको हुनेको संख्या ४ सय ८८ पुगेको छ । जसमध्ये ४ सय १९ जना पुरुष र ६९ जना महिला रहेको प्रवक्ता गौतमले बताए ।

परीक्षण ? 

हाल सम्म कुल १ लाख ९ सय ७२ पीसीआर परीक्षण भएको छ भने १ लाख ५६ हजार ९ सय ९१ आरडिटी परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ७ सय ६६ जनाको पीसीआर प्रविधिबाट परीक्षण भएको छ भने आरडिटी परीक्षण ११ हजार ९ सय ४२ जनाको गरी कुल १६ हजार ७ सय ८ वटा परीक्षण भएको छ ।

नेपालमा थप २१ जनाले जिते कोरोना 

नेपालमा थप २१ जनाले कोरोना संक्रमण जितेका छन् । योसँगै नेपालमा कोरोना संक्रमण जित्नेको संख्या ४ सय ८८ पुगेको छ । आज संक्रमण निको हुनेमा बाँकेका २० जना रहेका छन् । उनीहरु नरैनापुराका १३ देखि ५२ वर्षिया पुरुष रहेका छन् ।

उनीहरु कोरोना संक्रमण देखिएको १५ देखि २० औं दिनमा कोरोना जितेर डिस्चार्ज भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।  त्यस्तै, काठमाडौंको बल्म्बु अस्पतालबाट १ जना २३ वर्षिया महिला डिस्चार्ज भएकी प्रवक्ता गौतमले जानकारी दिए ।

कोरोना संक्रमण जितेर घर फर्कने कुल ४ सय ८८ जना मध्ये ४ सय १९ जना पुरुष र ६९ जना महिला रहेका छन् ।

कोरोनाबाट मृत्यु भएका अर्घाखाँचीका पुरुषसँग आएका अन्य ३० जनामा संक्रमण पुष्टि

कोरोनाको कारण मृत्यु भएका अर्घाखाँचीका युवकको सम्पर्कमा आएका अन्य ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गत जेठ १० गते भारतबाट आउने क्रममा जिल्लाको भूमिकास्थान नगरपालिका-९ का ३५ वर्षीय युवकको मृत्यु भएको थियो।

उनीसँगै गाडीमा आएकाहरू ५१ जनालाई छुट्टै क्वारेन्टाइनमा राखिएको थियो । त्योमध्ये ३० जनामा संक्रमण देखिएको स्रोतले जनाएको छ ।

भारतबाट फर्किएपछि सम्पर्कमा आएका अन्य व्यक्तिहरु क्वारेन्टाइनमा रहेका थिए ।

स्रोतका अनुसार संक्रमण पुष्टि भएकामध्ये दुई जना महिला र बाँकी पुरूष छन्। उनीहरू सन्धिखर्क नगरपालिकाका २८ र पाणिनी र सितगंगाका एक एक जना छन्।

उनको अन्त्यष्टीपछि कोरोना संक्रमण पुष्टि भएको थियो । तर उनका अन्य परिवारका सदस्य तथा आफन्तमा भने कोरोना नदेखिएको स्रोतले जनाएको छ ।

भारतबाट आएका धादिङका १६ जनामा कोरोना संक्रमण पुष्टि

सोमवार धादिङका १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भारतबाट आइ क्वारेन्टाइनमा रहेका १६ जनामा कोरोना संक्रमण पुष्टि भएको सहायक प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्ल लोकपथलाई बताए

मल्लका अनुसार उनीहरुको किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडामा परीक्षण गरिएको हो ।

जिल्ला सदरमुकाम स्थित नीलकण्ठ माविमा संचालन गरिएको क्वारेन्टाइनमा रहेका थिए ।

क्वारेन्टाइनमा रहेका उनीहरुको जेठ २४ गते पीसीआर परीक्षणका लागि पठाइएको थियो ।

भक्तपुर अस्पतालमा सुत्केरीको मृत्यु, कोरोना संक्रमणको आशङ्कामा सेवा बन्द

भक्तपुर अस्पतालमा एक सुत्केरीको मृत्यु भएपछि अस्पतालको सबै सेवा बन्द भएको छ । सुत्केरी व्यथा लागेपछि आइतवार साँझ अस्पताल आएकी सिन्धुपाल्चोक लिसङ्खु गाउँपालिका–३ घर भई हाल चाँगुनारायण नगरपालिका–३ झौखेल बस्ने ३६ वर्षीया महिलाको राति मृत्यु भएको हो ।

सुत्केरी भएको आधा घण्टापछि मृत्यु भएकी महिलामा कोरोना भाइरस सङ्क्रमण रहेको आशङ्काले अस्पतालको सेवा बन्द गरिएको अस्पताल प्रशासनले जनाएको छ । महिलालाई खोकी लागेको र श्वासप्रश्वासमा पनि समस्या रहेको पाइएको अस्पतालका स्वास्थ्यकर्मीले जनाएका छन् । महिलाको आरडिटी परीक्षणमा कोरोना भाइरस पोजेटिभ आएको थियो ।

मृत्युपछि कोरोनाको आशङ्कामा आइतबार राति करिब ९ बजे स्वाब लिइ पिसिआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाएको छ । अस्पतालकी मेडिकल सुपरिटेन्डेन डा सुमित्रा गौतमले सुत्केरी महिलाको मृत्यु भए पनि पिसिआर रिपोर्ट नआएसम्म केही भन्न नसकिने जानकारी दिइन् । उनले अस्पतालमा भने विशेष सजगता अपनाएको बताइन् ।

अस्पताल विकास समितिका अध्यक्ष मिलन सुवालले मृतक महिलाले नियमितरुपमा केएमसी अस्पताल सिनामङ्गलमा स्वास्थ्य परीक्षण गराउँदै आएको पाइएको जानकारी दिए ।

चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोलीलाई कोरोना सङ्क्रमण भएपछि गत जेठ २० गतेदेखि नै त्यहाँको सेवा बन्द भएकाले सुत्केरी हुन भक्तपुर अस्पताल आएको पाइएको उनले जानकारी दिए । महिलाको शव अस्पतालको प्रसूति वार्डमा नै राखिएको छ भने बच्चा भने स्वस्थ रहेको अस्पतालले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?