कोरोनाको कारण थप १ जनाको मृत्यु, मृतक संख्या १४ पुग्यो

काठमाडौं । नेपालमा थप १ जनाको कोरोनाको कारण ज्यान गएको छ । यससँगै नेपालमा कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या १४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनको क्रममा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नेपालमा कोरोनाको कारण १४ जनाको मृत्यु भएको बताएका हुन् ।

मृत्यु हुनेमा स्याङजा जिल्ला वालिङ नगरपालिका वडा नं ३ का ५८ वर्षीय पुरुष रहेका छन् ।

त्यस्तै सोमवार थप ३ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?