काठमाडौं । कपिलबस्तुुमा फ्यानको ज्याक जोड्दा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
कपिलवस्तु महाराजगंज न.पा.९ शिवभारी बस्ने वर्ष ३० कि आसिमा खातुनको आफु सुत्ने कोठामा टेबुल फ्यानको ज्याक विद्युतिय होल्डरमा जोड्ने क्रममा केरन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
ई.प्र.का. कृष्णनगरले करेन्ट लागेर घटनास्थल मै मृत्यु भएको जनाएको छ ।
यता नवलपरासी जिल्लाको प्रतापपुर गा.पा.- १ सिसहनिया स्थित भित्री कच्ची सडक खण्डको साईडमा स्थानीय प्रेम हरिजन मृत अवस्थामा फेला परेका छन् । ६० बर्षीय मृत्तक हरिजनको थप अनुसन्धान भईरहेको ई.प्र.का. बर्दघाटबाट भई रहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया