काठमाडौं । स्वास्थ्य क्षेत्रमा विश्वका लागि ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण विश्वमा यो समाचार तयार पार्दासम्म ४ लाख ६ हजार १९५ जनाको मृत्यु भईसकेको छ भने ७० लाख ९१ हजार ६६६ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ३४ लाख ६६ हजार ११९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५३ हजार ७५३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
विश्वका २१३ वटा देशहरुमा आफ्नो प्रकोप फैलाईसकेको कोरोना भाइरसको महामारीका कारण अमेरिकामा १ लाख १२ हजार ४६९ जनाको मृत्यु भईसकेको छ भने २० लाख ७ हजार ४४९ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ७ लाख ६१ हजार ७०८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १६ हजार ९२३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै ब्राजिलमा अहिलेसम्म ६ लाख ९१ हजार ९६२ जनालाई संक्रमण भएको छ भने ३७ हजार ३१२ जनाको मृत्यु भएको छ ।
त्यस्तै ब्राजिलमा ३ लाख २ हजार ८४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ८१३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै रुसमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ५ हजार ८५९ जनाको मृत्यु भईसकेको छ भने ४ लाख ६७ हजार ६७३ जनालाई संक्रमण भएको छ ।
त्यहाँ २ लाख २६ हजार ७३१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ३०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै स्पेनमा कोरोना भाइरसको महामारीका कारण २७ हजार १३६ जनाको मृत्यु भईसकेको छ भने २ लाख ८८ हजार ६३० जनालाई संक्रमण भएको छ ।
त्यहाँ ६१७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै बेलायतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ४० हजार ५४२ जनाको मृत्यु भईसकेको छ भने २ लाख ८६ हजार १९४ जनालाई संक्रमण भएको छ । त्यहाँ ६०४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै इटालीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३३ हजार ८९९ जनाको मृत्यु भईसकेको छ भने २ लाख ३४ हजार ९९८ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १ लाख ६५ हजार ८३७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २८७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै फ्रान्समा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २९ हजार १५५ जनाको मृत्यु भईसकेको छ भने १ लाख ५३ हजार ९७७ जनालाई संक्रमण भएको छ । त्यहाँ ७० हजार ८४२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार ५३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै जर्मनीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ८ हजार ७७६ जनाको मृत्यु भएको छ भने १ लाख ८५ हजार ८६९ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १ लाख ६९ हजार १०० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ५६८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै छिमेकी देश भारतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ७ हजार २०७ जनाको मृत्यु भईसकेको छ भने २ लाख ५७ हजार ४८६ जनालाई संक्रमण भएको छ ।
भारतमा १ लाख २३ हजार ८४८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै वर्ल्डोमिटरले जनाए अनुसार टर्कीमा कोरोना भाइरसको महामारीबाट ४ हजार ६९२ जनाको मृत्यु भईसकेको छ भने १ लाख ७० हजार १३२ जनालाई संक्रमण भएको छ । त्यस्तै त्यहाँ १ लाख ३७ हजार ९६९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ६१३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै पेरुमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ५ हजार ४६५ जनाको मृत्यु भईसकेको छ भने १ लाख ९६ हजार ५१५ जनालाई संक्रमण भएको छ । त्यहाँ ८६ हजार २१९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार ६२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै ईरानमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ८ हजार २८१ जनाको मृत्यु भईसकेको छ भने १ लाख ७१ हजार ७८९ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १ लाख ३४ हजार ३४९ जना स्वस्थ्योपचार पछि निको भएका छन् भने २ हजार ५९६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै क्यानडामा ७ हजार ८०० जनाको मृत्यु भईसकेको छ भने ९५ हजार ६९९ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ५४ हजार २३३ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार ८१६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै मेक्सिकोमा कोरोना भाइरसको महामारीका काराण अहिलेसम्म १३ हजार ६९९ जनाको मृत्यु भईसकेको छ भने १ लाख १७ हजार १०३ जनालाई संक्रमण भएको छ ।
त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै १८८ जनाको मृत्यु भईसकेको छ भने ३ हजार ४८४ जना नयाँ संक्रमित थपिएका छन् ।
मेक्सिकोमा ८४ हजार ४१९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै चीनमा आज थप ४ जनालाई कोरोना संक्रमण भएको छ । त्यहाँ ४ हजार ६३४ जनाको मृत्यु भएको छ भने ८३ हजार ४० जनालाई संक्रमण भएको छ । त्यहाँ ७८ हजार ३४१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै पाकिस्तानमा अहिलेसम्म २ हजार ६७ जनाको मृत्यु भईसकेको छ भने १ लाख ३ हजार ६७१ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ३४ हजार ३५५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १११ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ४ हजार ७२८ जना नयाँ संक्रमित फेला परेका छन् भने ६५ जनाको मृत्यु भएको छ ।
त्यस्तै बेल्जियममा अहिलेसम्म ९ हजार ५९५ जनाको मृत्यु भईसकेको छ भने ५९ हजार २२६ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १६ हजार २९१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १११ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै नेदरल्याण्ड्समा अहिलेसम्म ६ हजार १३ जनाको मृत्यु भएको छ भने ४७ हजार ५७४ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ९७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
पछिल्लो २४ घण्टायता विश्वमा १ हजार ११४ जनाको मृत्यु भएको छ भने ९ हजार ४५४ जना नयाँ संक्रमित थपिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया