अहिले नेपालमा उत्पादन हुने तरकारीले खपत हुन सकिरहेको छैन । बन्दाबन्दीका कारण ढुवानीमा संयोजन चुस्त बन्न नसक्दा नेपालमा उत्पादन भएको तरकारीे १० प्रतिशत खेर जाने गरेको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार नेपालमा ४२ लाख ७१ हजार २७० मेट्रिक टन तरकारी उत्पादन हुने गरेको छ तर नेपालमा वार्षिक झन्डै ४४ लाख मेट्रिक टन तरकारी खपत हुने गरेको छ अर्थात् भारतलगायत अन्य देशबाट १४ देखि १५ लाख मेट्रिक टन तरकारी आयात हुने गरेको आलु तरकारी तथा मसला बाली निर्देशनालयले जनाएको छ । नेपालले पनि २२ देखि २५ हजार मेट्रिक टन तरकारी वार्षिक निर्यात गर्ने गरेको निर्देशनालयका निर्देशक कृष्ण पौडेलले बताए । गोरखापत्रमा खबर छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया