भूकम्पले क्षतिग्रस्त धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्वको रानीपोखरीको निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । बन्दाबन्दी हुँदाहुँदै पनि तीव्र गतिमा काम भइरहेको रानीपोखरी निर्माणको काममध्ये पोखरी निर्माणको काम ९७ प्रतिशत सम्पन्न भएको छ । यो साताभित्र पोखरी निर्माणको काम सम्पन्न हुने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।
अहिले पोखरीको पिँधमा बालुवा, कालो माटो र इँटा बिच्छ्याउने कार्य जारी रहेको बताउँदै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका निर्माण विज्ञ राजुमान मानन्धरले पोखरीको पिँधमा पहिलो तहमा बालुवा छर्ने, दोस्रो तहमा कालो माटो १५ इन्चसम्म राख्ने र तेस्रो तहमा प्रताप मल्लका पालाका ‘महापा’ इँटाले सोलिङको काम भइरहेको बताए । ‘महापा’ इँटा भक्तपुरको दक्षिण बराहीबाट मगाइएको छ ।
उहाँका अनुसार पोखरीको पिँधमा सोलिङको काम सम्पन्न भइसकेपछि पोखरी क्षेत्रमा जडान गरिएको बोरिङबाट पानी राखिने काम सुरु गरिनेछ । गोरखापत्रमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया