नेपालमा कोरोना : स्वास्थ्य मन्त्रालयले भन्यो-‘७१ जिल्लामा फैलियो संक्रमण, थप सावधानी अपनाऔँ’

काठमाडौं – पछिल्लो २४ घण्टामा थप २ सय १३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले पीसीआर प्रविधिबाट गरिएको परीक्षणमा थप २ सय १३ जनामा संक्रमण भेटिएको जानकारी दिए । यस्तै हालसम्म भएका कुल संक्रमित मध्ये ३ हजार २ सय १२ जना पुरुष र २ सय ३६ जना महिला रहेका छन् ।

प्रवक्ता देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा १ सय २ जना निको भएर घर फर्किएका छन् । उनीहरुमध्ये १ सय जना पुरुष र २ जना महिला रहेका छन् । यससँगै कुल निको हुनेको संख्या ४ सय ६७ पुगेको छ । जसमध्ये ३ सय ९९ जना पुरुष र ६८ जना महिला रहेका छन् । अहिले सम्म निको भई घर फर्किनेहरुमा प्रदेश १ मा ९१ जना, प्रदेश २ मा १ सय ८६ जना, बागमती प्रदेशमा ३२ जना, गण्डकी प्रदेशमा ३ जना, प्रदेश ५ मा १ सय ३३ जना, कर्णाली प्रदेशमा ९ जना र सुदूरपश्चिम प्रदेशमा १३ जना रहेका छन् ।

अहिले सम्म कोरोना भाइरसको आशंकामा कुल ९६ हजार २ सय ५ पीसीआर परीक्षण भएको छ । त्यस्तै १ लाख ४५ हजार ४९ आरडिटी परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ७ सय २८ पीसीआर परीक्षण भएको छ भने ७ हजार ६ सय १४ आरडिटी परीक्षण भएको छ ।

यस्तै देशभर १ लाख ७० हजार ७ सय ३२ जना क्वारेन्टाइनमा रहेका छन् । प्रदेश १ मा ४ हजार ३ सय ८८, प्रदेश २ मा २२ हजार २ सय ३२, बागमती प्रदेशमा ३ हजार १ सय ९५, गण्डकी प्रदेशमा ५ हजार ३ सय ६३, प्रदेश ५ मा ३९ हजार ८ सय ९७ जना, कर्णाली प्रदेशमा ३२ हजार ८२ जना र सुदूरपश्चिम प्रदेशमा ६३ हजार ५ सय ७५ जना क्वारेन्टाइनमा रहको छन् ।

२ हजार ९ सय ६८ जना संक्रमितहरु आइसोलेसनमा

प्रवक्ता देवकोटाका अनुसार देशभर २ हजार ९ सय ६८ जना संक्रमितहरु आइसोलेसनमा रहेका छन् । जसमध्ये प्रदेश १ मा १ सय ६८ जना, प्रदेश २ मा ९ सय ७४ जना, बागमती प्रदेशमा ५७ जना, गण्डकी प्रदेशमा १ सय ८ जना, प्रदेश ५ मा ९ सय ४४ जना, कर्णाली प्रदेशमा ६ सय २१ जना र सुदूरपश्चिम प्रदेशमा ९६ जनाको आइसोलेसनमा उपचार भईरहेको छ ।

७१ जिल्लामा फैलियो, रोल्पामा पहिलोपल्ट संक्रमण भेटियो 
नेपालमा आइतबार थप २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। आज (आइतबार ) संक्रमण पुष्टि भएकामध्ये २०९ जना पुरुष र ४ जना महिला छन्। यो सँगै नेपालमा कुल संक्रमितको संख्या ३ हजार ४ सय ४८ पुगेको छ। कुल संक्रमितमध्ये ३ हजार २ सय १२ जना पुरुष र २ सय ३६ जना महिला छन् । देशभर ७७ जिल्ला मध्ये ७१ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ ।

नेपालमा हिजो ९शनिवार० एकैपटक ३२३ जना संक्रमित थपिएका थिए ।

नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार रोल्पामा पहिलोपल्ट कोरोना भाइरस संक्रमण ‘कोभिड( १९’ को नयाँ केस फेला परेको छ ।

रोल्पामा संक्रमण देखिएसँगै प्रदेश ५ का सबै १२ जिल्लामा संक्रमण देखिएको छ ।

प्रदेश ५ मा १ हजार ८१ जना जना संक्रमित छन् । यो संक्रमण रुकुम पश्चिम, मुस्ताङ, मनाङ, रसुवा, ओखलढुंगा, ईलाममा संक्रमण देखिएको छैन ।

प्रदेश १ का १२ जिल्लामा २५९ जना संक्रमित छन् भने प्रदेश २ का सबै ८ जिल्लामा ११६१ जना संक्रमित छन् ।

वाग्मती प्रदेशमा १२ जिल्लामा ९२ जना रहेका छन् ।

गण्डकी प्रदेशका ९ जिल्लामा १११ जना रहेका छन् । प्रदेश ५ का १२ जिल्लामा १०८१ जना कर्णाली प्रदेशका ९ जिल्लामा ६३३ जना र सुदूरपश्चिमका ९ जिल्लाका १११ जना गरी नेपालमा संक्रमितको संख्या ३ हजार ४ सय ४८ पुगेको हो भने ७७ मध्ये ७१ जिल्लामा यो संक्रमण फैलिएको छ ।

‘अधिकांश कोरोना संक्रमितमा कोभिड–१९ को लक्षण छैन’
कोरोना भाइरस सङ्क्रमण भएका अधिकांश सङ्क्रमितलाई भाइरसको लक्षण नदेखिएको पाइएको छ । सङ्क्रमितलाई रुखाघोकी, ज्वरो, श्वास फेर्न गाह्रो, स्वाद थाहा नपाउने, थकाइ लाग्नेजस्ता लक्षण देखिनुपर्नेमा त्यसो पाइएको पाइएको छैन ।इमिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले देखिएका ९५ प्रतिशत सङ्क्रमितमा कोभिड–१९ को लक्षण नदेखिएको बताए । संसारमा भने ८० प्रतिशत सङ्क्रमितमा पनि लक्षण देखिएको छैन् । उनले कोभिड–१९ परीक्षणका क्रममा ती बिरामीमा सङ्क्रमण देखिए पनि सङ्क्रमतिको अवस्था भने सामान्य मानिस सरहको छ ।

लक्षण नदेखिनुमा परीक्षण ढिलो, नेपालमा प्रवेश गरेको भाइरस कडा खालको नहुने र नेपालीमा प्रतिरोधात्मक क्षमता बढीजस्ता कारणले लक्षण नदेखिएर सङ्क्रमण हुनसक्ने बताए । “कोरोना भाइरस मानिसमा १४ दिनसम्म देखापर्ने गर्दछ, तर हामीले परीक्षण १४ दिनपछि पनि गरेका छौँ”, उनले भने, “भाइरस मानिसमा सरेको १४ दिनपछि परीक्षण गराउँदा लक्षण नदेखिन सक्छ ।”

सङ्क्रमितमध्ये पाँच प्रतिशत बिरामी भने सङ्क्रमणको लक्षणसहित मुटुरोग, उच्चरक्तचाप, दमलगायतका बिरामी छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा सागरराज भण्डारीले पनि शुरु–शुरुमा बाहिरबाट आउने बिरामीमा भाइरसको लक्षण भए पनि पछिल्लोपटक आउने बिरामीमा नभएको बताए । उनले कतिपय बिरामीलाई उच्च ज्वरो, स्वास फेर्न गाह्रो, थकाइ लाग्नेजस्ता लक्षण भने देखिएको बताए ।

“शुरु–शुरु बाहिर मुलुकबाट लक्षण लिएर आएका सङ्क्रमितमा लक्षण देखिएको थियो”, अस्पतालका निर्देशक डा राजभण्डारीले भने, “तर पछि भारतबाट आएका सङ्क्रमितमा भने त्यस्तो लक्षण देखिएको छैन ।” उनले लक्षण नदेखिएपछि दीर्घरोगी सङ्क्रमितलाई बढी पावरको औषधि प्रयोग गर्नुपरेको बताए ।सङ्क्रमण भएका व्यक्तिमा १४ दिनपछि पिसीआर परीक्षण गर्दा भाइरस निकै कम सक्रिय रहेको हुन्छ । त्यतिबेला परीक्षण गराएका व्यक्तिमा सङ्क्रमण देखिन पनि सक्छ, नदेखिन सक्छ । भाइरस पाँचदेखि १० दिनमा एकदमै सक्रिय हुनाले त्यतिबेला पिसीआर परीक्षण गराउनुपर्ने हुन्छ । इपिडीमियोलोजी महाशाखाका निर्देशक डा पाण्डेले बाहिरबाट आएकालाई राम्रो क्वारेन्टाइनमा राख्न, सके डेङ्गु मलेरियाजस्ता रोगबाट बचाउन सकिने बताए । उनले अहिले स्थानीय तहले बनाएका क्वारेन्टाइनमा त्यति राम्रो व्यवस्थापन नभएकाले डेङ्गु, मलेरियाजस्ता रोग फैलने डर रहेको बताए । सङ्क्रमण युवा अवस्थाका व्यक्तिमा सबभन्दा बढी देखिएको छ ।

यस्तो छ कोरोना संक्रमित र निको हुनेको प्रादेशीक विवरण
नेपालमा हालसम्म कोरोना संकमण जित्नेको संख्या ४ सय ६७ पुगेको छ । नेपालमा आजमात्रै थप १०२ जनाले कोरोना संक्रमण जितेका छन् । प्रादेशीक हिसाबले हालसम्म प्रदेश नं २ मा १ सय ८६ जनाले कोरोना संक्रमण जितेका छन् जुन अन्य प्रदेशमा भन्दा धेरै हो । यसै गरी कोरोना संक्रमितको हिसाबले पनि प्रदेश नं २ सबै भन्दा माथि छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकाश देवकोटाका अनुसार प्रदेश नं २मा हालसम्म १ हजार १ सय ६१ जनामाकोरोना संक्रमण देखिएको छ ।

डिस्चार्ज भएकाको प्रादेशीक विवरण

प्रदेश नं १ : ९१ जना

प्रदेश नं २ : १८६ जना

वाग्मती प्रदेश : ३२ जना

गण्डकी प्रदेश : ३ जना

प्रदेश नं ५ : १३३ जना

कर्णाली प्रदेश : ९जना

सुदूरपश्चिम प्रदेश : १३जना

 

कोरोना संक्रमण देखिएकाको प्रादेशीक विवरण

प्रदेश नं १ : २५९जना

प्रदेश नं २ : ११६१ जना

वाग्मती प्रदेश : ९२ जना

गण्डकी प्रदेश : १११ जना

प्रदेश नं ५ : १०८१ जना

कर्णाली प्रदेश : ६३३ जना

सुदूरपश्चिम प्रदेश : १११जना

नेपालमा हालसम्म कोरोनाका कारण १३ जनाको ज्यान गइसकेको छ ।

नेपालमा आज २१३ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा आज (आईतवार) एकैपटक थप २१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ३ हजार ४४८ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले आज एकैपटक २१३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार आज भेटिएका कोरोना संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु सबै चिकित्सकको निगरानीमा रहेका छन् ।

संक्रमितको संख्या बढ्दै जाँदा मृतकको संख्या पनि थपिइरहेको छ । स्वास्थ्य मन्त्रालयले थप सावधानी अपनाउन अनुरोध गरेको छ ।

यो पनि पढ्नुहोस् : 

कोरोनाको कारण विश्वभर १ सय २५ नेपालीको मृत्यु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?