काठमाडौं- नेपालमा आइतबार थप २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। आज (आइतबार ) संक्रमण पुष्टि भएकामध्ये २०९ जना पुरुष र ४ जना महिला छन्। यो सँगै नेपालमा कुल संक्रमितको संख्या ३ हजार ४ सय ४८ पुगेको छ। कुल संक्रमितमध्ये ३ हजार २ सय १२ जना पुरुष र २ सय ३६ जना महिला छन् ।
नेपालमा हिजो (शनिवार) एकैपटक ३२३ जना संक्रमित थपिएका थिए ।
नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार रोल्पामा पहिलोपल्ट कोरोना भाइरस संक्रमण ‘कोभिड- १९’ को नयाँ केस फेला परेको छ ।
रोल्पामा संक्रमण देखिएसँगै प्रदेश ५ का सबै १२ जिल्लामा संक्रमण देखिएको छ ।
प्रदेश ५ मा १ हजार ८१ जना जना संक्रमित छन् । यो संक्रमण रुकुम पश्चिम, मुस्ताङ, मनाङ, रसुवा, ओखलढुंगा, ईलाममा संक्रमण देखिएको छैन ।
प्रदेश १ का १२ जिल्लामा २५९ जना संक्रमित छन् भने प्रदेश २ का सबै ८ जिल्लामा ११६१ जना संक्रमित छन् ।
वाग्मती प्रदेशमा १२ जिल्लामा ९२ जना रहेका छन् ।
गण्डकी प्रदेशका ९ जिल्लामा १११ जना रहेका छन् । प्रदेश ५ का १२ जिल्लामा १०८१ जना कर्णाली प्रदेशका ९ जिल्लामा ६३३ जना र सुदूरपश्चिमका ९ जिल्लाका १११ जना गरी नेपालमा संक्रमितको संख्या ३ हजार ४ सय ४८ पुगेको हो भने ७७ मध्ये ७१ जिल्लामा यो संक्रमण फैलिएको छ ।
नेपालमा थप १०२ जनाले जिते कोरोना, संक्रमितको संख्या ३ हजार ४४८ पुग्यो
नेपालमा थप १०२ जनाले कोरोना संक्रमण जितेका छन् । योसँगै नेपालमा हालसम्म कोरोना संकमण जित्नेको संख्या ४ सय ६७ पुगेको छ । धरानबाट आज १२ जना डिस्चार्ज भएका छन् । उनीहरु सबैजना झापाका रहेका र कोरोना संक्रमण देखिएको १० दिनमा कोरोना संक्रमण जितेर डिस्चार्ज भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकाश देवकोटाले जानकारी दिए ।
प्रवक्ता देवकोटाका अनुसार कैलाली अस्पताल बाराबाट ३४ जना डिस्चार्ज भएका छन् । उनीहरु कोरोना संक्रमण देखिएको ९ देखि ११ दिनमा डिस्चार्ज भएका हुन् ।
त्यस्तै, बलम्बु अस्पतालबाट महोत्तरीका १ जना डिस्चार्ज भएका छन् । उनी कोरोना संक्रमण देखिएको ९ दिनमा डिस्चार्ज भएका हुन् ।
यसैगरी बुटुवलबाट २७ जना डिस्चार्ज भएका छन् । उनीहरु रुपन्देही र कपिलवस्तुका रहेका छन् । उनीहरुकोरोना संक्रमण् देखिएको १३ औं देखि २७ दिनमा डिस्चार्ज भएका हुन् ।
साथै, दाङमा १० जनाले कोरोना संक्रमण जितेका छन् । उनीहरु कोरोना संक्रमण भएको १५ देखि २३ दिनमा कोरोना संक्रमण जितेर घर फर्केका छन् । १० जना डिस्चार्ज भएका मध्ये उनीहर दाङ बाँके र कपिलवस्तुका रहेका छन् ।
त्यस्तै, गौरमा थप १८ जनाले कोरोना संक्रमण जितेका छन् । उनीहरु संक्मण देखिएको २० औं दिनमा संक्रमण जितेर घर फर्केका हुन् । उनीहरु २० नै जना रौतहटका रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकाश देवकोटाले जानकारी दिए ।
प्रादेशीक विवरण
प्रदेश नं १ : ९१ जना
प्रदेश नं २ : १८६ जना
वाग्मती प्रदेश : ३२ जना
गण्डकी प्रदेश : ३ जना
प्रदेश नं ५ : १३३ जना
कर्णाली प्रदेश : ९जना
सुदूरपश्चिम प्रदेश : १३जना
यसैबीच नेपालमा अहिलेसम्म कोरोना भाइरसको महामारीका कारण १३ जनाले ज्यान गुमाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया