काठमाडौं । काठमाडौं, कञ्चनपुर र सोलुखुम्बुमा तीन जना मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार काठमाडौको चन्द्रागिरी नगरपालिका-७ महादेवस्थान चेकपोष्टस्थित हेण्डमेक जुत्ता कारखानामा जुत्ता बनाउने काम गर्ने हाल वतन नखुलेका गणेश थापा मगर नाम बताउने ५३ वर्षीय पुरुष सुतिरहेको अवस्थामा मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी कञ्चनपुको, भिमदत्त नगरपालिका-१५ गोबरियास्थित पानीकोनालामा सोही ठाउँ बस्ने अन्दाजी ३० वर्षीय लाल बहादुर चौधरी पनि शनिबार साँझ मृत अवस्थामा फेला परेका छन् ।
उता सोलुखुम्बको, खुम्बुपासाङल्हामु गाउँपालिका-१ छेउबासस्थित बाटोमा एक जना मृत अवस्थामा फेला परेका छन् । माहाकुलुङ गाउँपालिका-३ छेस्काम घर भई ज्याला मजदुरीकाम गरी हिड्ने अन्दाजी ३८ वर्षीय जित बहादुर राई मृत अवस्थामा फेला परेका हुन् ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया