नालामा डुबेर मृत्यु

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–५ भकुण्डाका अन्दाजी ३५ वर्षीय लालबहादुर चौधरीको गन्धानालामा डुबेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार शनिवार धानको बीउ छर्नका लागि युरिया मल लिएर आउँदै गरेका चौधरी नाला तर्न बनाइएको काठको फल्याक तर्ने क्रममा नालामा खस्दा डुबेर मृत्यु भएको हो ।

स्थानीय बालबालिकाले साँझपख नालामा चौधरी डुबेको देखेपछि बचाउने कोशिस गरे पनि बचाउन नसकिएको स्थानीय भाष्कर केसीले बताए ।

चौधरीले नगरपालिकाको वडा नं १५ हरितटोलका बासिन्दाको खेत अँधिया लगाएर परिवार पाल्दै आएको बताइएको छ ।

चौधरी अपाङ्गता भएका व्यक्तिसमेत रहेको स्थानीय बासिन्दाले बताएका छन । उनको शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ । मृतक चौधरीका दुई छोरी र श्रीमती छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?