कोरोना संक्रमित बढेपछि जुम्लाको दुई वडा सील

खलङ्गा । जुम्लाको चन्दननाथ नगरपालिकाका दुई वडा सील गरिएको छ । कोरोना सङ्क्रमितको सङ्ख्या बढेपछि वडा सील गरिएको हो । जिल्लास्तरीय एकीकृत क्वारेनटाइन रहेको सो वडाका स्थानीयवासीमा कोभिड–१९ सङ्क्रमण देखिएपछि सिल गरिएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताए ।

जिल्लाको पूर्वमा देवलडाँडा, पश्चिममा जुगाडखोला, उत्तरमा सिनामुल तथा दक्षिणमा जुम्ला बुहुमखी क्याम्पसको चार किल्लाभित्रको क्षेत्रलाई सिल गरिएको प्रशासनले जनाएको छ । कोरोना भाइरसको सङ्क्रमण देखिएसँगै जुम्लामा तीन दिनदेखि जारी कर्फ्यु २३ गते राति १२ः०० बजेदेखि हटेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?