काठमाडौं । लकडाउनको मौका छोपेर विमानको टिकटमा पनि कालोबजारी शुरु भएको छ । सामान्य अवस्थामा काठमाडौंबाट संयुक्त राज्य अमेरिकासम्मको हवाई यात्राको एकतर्फी टिकट सस्तोमा ६५ हजारदेखि १ लाख रुपैयाँसम्म पर्छ ।
तर, आइतवार दरवारमार्गस्थित प्रेसिडेन्ड ट्राभलले कतार एयरवेजका लागि अमेरिकाको सिगागोसम्म भएको चार्टर उडानका लागि प्रति यात्रु ३ लाख ४ हजार मा बिक्री गरेको छ ।
कतार एयरवेजमात्रै होइन त्यसपछि मंगलवार अमेरिकाको सिकागोकै लागि टर्किस एयरलायन्सले पनि उस्तै अत्काली गरेको छ ।
यो उडान लगत्तै तीनवटा नेपाली ट्राभल एजेन्सीहरु मेगावाइट, सीलिंक र डेलिजेन्टले टर्किसको २ सय ५० सिट क्षमता भएको वाइडबडीमा प्रति सिट २२ सय ५० डलर अर्थात २ लाख ७२ हजार देखि २५ सय डलर अर्थात ३ लाख २३ हजार सम्ममा बिक्री गरेको जनाइएको छ ।
नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्सका एक उच्च पदाधिकारीका अनुसार चार्टर उडानमा भाडादर एकै खाले हुनुपर्ने विश्वभरको व्यवसायिक नियम हो । तर लकडाउनको मौकामा ट्राभल एजेन्टहरुबीच अस्वस्थ प्रतिस्पर्धा हुँदा भिन्नभिन्नै भाडादरमा टिकट बिक्री भइरहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले चैत ९ गतेदेखि व्यवसायिक अन्तर्राष्ट्रिय उडान बन्दको घोषणा गरेपनि यो ८० दिनको अवधिमा १ सय ५ वटा चार्टर उडन भइसको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया