कोरोनासँग लड्न बेलायतले नेपाललाई थप सहयोग गर्ने

काठमाडौं । कोरोना भाइरससँग लड्नको लागि बेलायत सरकारले नेपाललाई थप सहयोग गर्ने घोषणा गरेको छ ।

बेलायत सरकारले डिपार्टमेन्ट फर इन्टरनेशनल डेभलप्मेन्ट (डिफिड) मार्फत नेपालसहितका विकासोन्मुख राष्ट्रहरुलाई एक सय मिलियन पाउन्ड सहयोगको गर्ने घोषणा गरेको हो ।

लण्डनस्थित नेपाली दूतावासका अनुसार सहयोग रकममध्ये नेपाललाई १० मिलियन पाउन्ड (१ अर्ब ५२ करोड) सम्म प्राप्त हुनेछ यस अघि पनि बेलायतले कोरोना भाइरसको महामारी रोक्नको लागि नेपाललाई ८.२ मिलियन पाउन्ड सहयोग प्रदान गरेको थियो ।

अहिलेसम्म बेलायतमा कोरोना भाइरसका कारण ६७ जना नेपालीले ज्यान गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?