काठमाडौं । नेपालमा शनिवार थप ३ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये २ सय ८६ जना पुरुष र ३७ जना महिला रहेका छन् । यससँगै कुल संक्रमितको संख्या ३ हजार २ सय ३५ पुगेको छ । जसमध्ये ३ हजार ३ जना पुरुष र २ सय ३२ जना महिला रहेका छन् । हालसम्म सातै प्रदेश र ७० जिल्लामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा अहिले सम्म कोरोना भाइरसको आशंकामा कुल ९२ हजार ४ सय ७७ पीसीआर परीक्षण भएको छ । भने १ लाख ३७ हजार ४ सय ३५ जनाको आरडिटी बिधि मार्फत कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । जसमध्ये प्रदेश १ मा १३ हजार ८९ जना, प्रदेश २ मा ९ हजार ३ सय ५६ जना, बाग्मती प्रदेशमा २६ हजार ७ सय ६३, गण्डकी प्रदेशमा ९ हजार ३ सय ५०, प्रदेश ५ मा ३१ हजार ७ सय ८१, कर्णाली प्रदेशमा १७ हजार २ सय १९ जना र सुदूरपश्चिम प्रदेशमा २९ हजार ८ सय ७८ जनाको आरडिटी बिधि मार्फत कोरोना परीक्षण गरिएको छ ।
पछिल्लो २४ घण्टामा ४ हजार १ सय ११ पीसीआर परीक्षण भएको छ भने ५ हजार ५ सय ७० आरडिटी परीक्षण भएको छ ।
देशभर १ लाख ६८ हजार ३१ जना क्वारेन्टाइनमा रहेका छन् । जसमध्ये प्रदेश १ मा ४ हजार ३ सय ३ जना, प्रदेश २ मा २१ हजार ९२ जना, बागमती प्रदेशमा ३ हजार ५ सय १३, गण्डकी प्रदेशमा ५ हजार ३ सय ९८, प्रदेश ५ मा ४१ ह्जार २ सय १७, कर्णाली प्रदेशमा ३२ हजार २ सय ६५ जना र सुदूरपस्चिम प्रदेशमा ६० हजार २ सय ४३ जना क्वारेन्टाइनमा रहेका छन् ।
यस्तै देशभर २ हजार ८ सय ५७ जना संक्रमितको आइसोलेसनमा उपचार भइराखेको छ । प्रदेश १ मा १ सय ७० जना, प्रदेश २ मा ९ सय ४३ जना, बागमती प्रदेशमा ५५ जना, गण्डकी प्रदेशमा ७० जना, प्रदेश ५ मा ९ सय ६१ जना, कर्णाली प्रदेशमा ५ सय ६७ जना र सुदूरपस्चिम प्रदेशमा ९१ जनाको आइसोलेसनमा उपचार भइराखेको छ ।
कुन जिल्लामा कति थपिए कोरोना संक्रमित ?
आज थपिएका संक्रमितमध्ये राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा १२० जना कोरोना संक्रमित पुष्टि भएको छ। उनीहरुमध्ये भक्तपुरका १, धनुषा ८, कपिलवस्तु ३९, काठमाडौं ४, महोत्तरीका ३५, रौतहटका ६, सर्लाहीका २७ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
रुपन्देहीको प्रादेशीक प्रयोगशालामा गरिएको परीक्षणमा अर्घाखाँचीका १, कपिलवस्तु ११, नवलपरासी २, रुपन्देही ३ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ।
सेती अस्पतालको प्रयोगशालामा बझाङका ६ जना, कञ्चनपुरका २, अछामका १ जना, कैलालीका २ जना, डडेल्धुराका १ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा मोरङका २ र सुनसरीका ४ जनामा कोरोना पोजेटिभ देखिएको छ। यस्तै कोशी अस्पतलाको प्रयोगशालामा सप्तरीका एक जनाको पोजेटिभ आएको छ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको कास्कीका ३ जना, स्याङ्जाका १० जना, बाग्लुङका १ जनामा पनि कोरोना संक्रमण देखिएको छ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशालामा दैलेखका ४३ जना र डोल्पाका १ जनामा पनि कोरोना पोजेटिभ आएको जनाकारी मन्त्रालयले दिएको छ।
यस्तै धरानस्थित बिपिकेआइएचएसको प्रयोगशालामा सुनसरीका १ र सप्तरीका ७ जनामा पनि कोरोना पोजेटिभ आएको छ।
सुर्खेतको प्रयोगशालामा दैलेखका ४, सुर्खेतका १० जना, जाजरकोटका ४ जना, सल्यानका ३८ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ।
कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट नेपालमा थप दुई जनाको मृत्यु भएको छ । डोल्पा जगदुल्ला गाउँपालिकाका ५८ वर्षिय पुरुष र धनगढी ४ की ५५ वर्षिय महिलाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या १३ पुगेको छ ।
मन्त्रालयका अनुसार डोल्पा जगदुल्ला गाउँपालिकाका ५८ वर्षिय पुरुषको जेठ २१ गते मृत्यु भएको हो । जेठ १६ गते सुर्खेतबाट डोल्पा पुगेका उनलाई १८ गतेदेखि क्वारेन्टाइनमा राखिएको थियो । दम रोगले समेत पिडित रहेका उनको निधनपछि स्वाब संकलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पोजेटिभ आएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताए ।
यस्तै मिर्गौलाको समस्या भएकी ५५ वर्षिय महिलाको धनगढीको सेती अस्पतालमा डायलासीस गराउँदै गर्दा शुक्रबार मृत्यु भएको प्रवक्ता देवकोटाले बताए । मृत्यु भएपछि पीसीआर परीक्षण गर्दा पोजेटिभ देखिएको उनले बताए ।
प्रवक्ता देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा ३२ जना निको भएर घर फर्किएका छन् । उनीहरुमध्ये ५ जना महिला र २७ जना पुरुष रहेका छन् । यससँगै कुल निको हुनेको संख्या ३ सय ६५ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया