लकडाउनका कारण बन्द भएका निजी विद्यालयहरु सुरक्षित रुपमा सञ्चालन गर्न पाउनुपर्ने मागसहित प्याब्सन, हिसानलगाएत अन्य निजी संस्थाहरुले रक्षा मन्त्री तथा कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक ईश्वर पोखरेललाई माग पत्र बुझाएका छन् ।
असार १ गतेबाट अनलाइनमार्फत विद्यार्थी भर्ना पक्रिया अघि बढाउन पाउनुपर्ने उनीहरुले माग राखेका छन् । यस्तै, असार १५ गतेबाट विद्यार्थीहरु विद्यालय आउने वातावरण बनाई दिन पनि आग्रह गरिएको छ ।
यस्तै एसईई कक्षा ११,१२ र सिटिईभिटी तथा विश्वबिद्यालयका अवरुद्ध परीक्षाहरु संचालन र शैक्षिक सत्रमा असर नपर्ने गरी कक्षाहरु नियमित संचालनको वातावरण मिलाई दिन पनि ध्यानाकर्षण गराएका छन् । नेपाल समाचारपत्रमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया