काठमाडौं । विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना भाइरस (कोभिड १९) को कारण ज्यान गुमाउनेको संख्या ३ लाख ९५ हजार ३ सय ३६ पुगेको छ । यो समाचार तयार पार्दासम्म ६७ लाख ६९ हजार २ सय ६० जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै हालसम्म ३२ लाख ९८ हजार ६ सय ८५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ५३ हजार ५ सय ३० जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
संयुक्त राज्य अमेरिकामा हालसम्म कोरोनाको कारण १ लाख १० हजार बढीको ज्यान गएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १ लाख १० हजार ५ सय ६९ पुगेको छ । बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ३ सय ९६ जनाको ज्यान गएको र ९ हजार ५ सय ७३ जनामा संक्रमण देखिएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । हालसम्म १९ लाख ३३ हजार ६ सय २४ जनामा कोरोना संक्रमण देखिएको अवस्थामा ७ लाख १२ हजार ८ सय ७२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये १७ हजार ८३ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
अमेरिकाको न्यूयोर्कमा हालसम्म ३० हजार २ सय ८१ जनाको ज्यान गएको छ । त्यस्तै हालसम्म ३ लाख ८३ हजार ८ सय ९९ जनामा संक्रमण देखिएको छ ।
ब्राजिलमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ३४ हजार २ सय १२ पुगेको छ । यो समाचार तयार पार्दासम्म त्यहाँका ६ लाख २१ हजार ८ सय ७७ जनामा कोरोना संक्रमण देखिएको छ । बितेको २४ घण्टामा मात्र कोरोनाको कारण १ सय ७३ जनाको ज्यान गएको र ६ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । भने संक्रमित मध्ये ८ हजार ३ सय १८ जनाको अवस्था गम्भीर रहेको र २ लाख ८८ हजार बढी कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।
रसियामा बितेको २४ घण्टामा मात्र कोरोनाको कारण १ सय ४४ जनाको ज्यान गएको र ८ हजार ७ सय २६ जनामा कोरोना संक्रमण देखिएको छ । यो समाचार तयार पार्दासम्म रसियामा ४ लाख ४९ हजार ८ सय ३४ जनामा कोरोना देखिएको र ५ हजार ५ सय २८ जनाको ज्यान गएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै हालसम्म २ लाख १२ हजार ६ सय ८० जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये २ हजार ३ सय जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै स्पेनमा हालसम्म कोरोनाको कारण २७ हजार १ सय ३४ जनाको ज्यान गएको छ । यो समाचार तयार पार्दासम्म स्पेनमा कोरोना संक्रमितको संख्या २ लाख ८८ हजार नाघेको छ । बितेको २४ घण्टामा मात्र कोरोनाको कारण १ जनाको ज्यान गएको र ३ सय १८ जनामा कोरोना संक्रमण देखिएको छ ।
बेलायतमा हालसम्म कोरोनाको कारण ४० हजार २ सय ६१ ज्नाको ज्यान गएको र २ लाख ८३ हजार ३ सय ११ जनामा कोरोना संक्रमण देखिएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । बितेको २४ घण्टामा मात्र १ हजार ६ सय ५० जनामा कोरोना संक्रमण देखिएको र ३ सय ५७ जनाको कोरोनाको कारण ज्यान गएको छ । त्यस्तै संक्रमितमध्ये ६ सय ४ जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ६ हजार ६ सय ४१ जनाको ज्यान गएको छ । बितेको २४ घण्टामा ९ हजार ५६ जनामा कोरोना संक्रमण देखिएको र २ सय ७८ जनाको ज्यान गएको छ । यो समाचार तयार पार्दासम्म भारतमा २ लाख ३५ हजार ७ सय ६९ जनामा कोरोना संक्रमण देखिएको र १ लाख १२ हजार ९ सय ६७ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
इटालीमा हालसम्म २ लाख ३४ हजार ५ सय ३१ जनामा कोरोना संक्रमण देखिएको छ । बितेको २४ घण्टामा ५ सय १८ जना कोरोना संक्रमित थपिएका र ८५ जनाको कोरोनाको कारण ज्यान गएको छ । त्यस्तै हालसम्म १ लाख ६३ हजार ७ सय ८१ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ३६ हजार ९ सय ७६ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
त्यस्तै जर्मनीमा हालसम्म ३३ हजार ७ सय ७४ जनाको ज्यान गएको छ । यो समाचार तयार पार्दासम्म १ लाख ८५ हजार ३ सय ५४ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै हालसम्म १ लाख ६८ हजार ५ सय जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ६ सय जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया