सुर्खेतका ६ जना कोरोना जितेर घर जाँदै

सुर्खेत । कर्णाली प्रदेशमा कोरोना संक्रमित भएकामध्ये ६ जना निको भएर घर जाने भएका छन् । उनीहरूलाई डिस्चार्ज गर्ने तयारी भइरहेको कर्णाली प्रदेश अस्पतालले जनाएको छ ।

प्रदेश अस्पतालका कोरोना रोग फोकल पर्सन डा केएन पौडेलले ८ जनालाई डिस्चार्ज गर्ने तयारी भएपनि २ जनाको रिपोर्ट पुनः पोजेटिभ आएकोले ६ जनालाई डिस्चार्जको तयारी गरिएको बताए । आज डिस्चार्ज हुनेहरूमा १ जना दैलेखका र अन्य सुर्खेतका रहेको र उनिहरूको डिस्चार्ज आजै गरिने अस्पतालले जनाएको छ ।

कर्णालीमा शुक्रबारसम्म ४ सय ८९ जनामा कोरोना संक्रमण देखिएको छ । भने २ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?