काठमाडौं । नेपालमा आज (शुक्रवार) एकैपटक २७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ हजार ९१२ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले नेपालमा आज एकैपटक २७८ जनालाई कोरोना संक्रमण भएको जानकारी दिए । उनका अनुसार संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु सबै चिकित्सकको निगरानीमा रहेका छन् ।
अहिलेसम्म नेपालमा कोरोना भाइरसको महामारीका कारण ११ जनाको मृत्यु भईसकेको छ । नेपालमा आज थप एक जनाको मृत्यु भएको हो । बिहीवार बिहान होम क्वारेन्टाइनमा मृत्यु भएका पञ्चपुरी नगरपालिका–१, सुर्खेतका २८ वर्षीय युवकको मृत्युपछि पिसीआर परीक्षण गरिएकोमा रिपोर्ट पोजेटिभ आएको हो ।
त्यस्तै नेपालमा अहिलेसम्म ३३३ जना संक्रमित स्वास्थ्योपचार पछि निको भएका छन् । आज मात्रै नेपालमा थप ४३ जना कोरोनाविरुद्धको लडाई जितेर घर फर्किएका हुन् ।
नेपालमा हिजो (बिहीवार) एकैपटक ३३४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया