काठमाडौं । नेपालमा थप १२ जनाले कोरोना संक्रमण जितेका छन् । योसँगे नेपालमा कोरोना संक्मण जित्नेको संख्या २ सय ९० पुगेको छ ।
नारायणी अस्पतालबाट ५ जनाले कोरोना जितेर घर फर्केका छन् । उनीहरु कोरोना संक्रमण देखिएको ९ दिनमा डिस्चार्ज भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकाश देवकोटाले जानकारी दिए । उनीहरु २५ देखि ७० वर्षिय पुरुष रहेको उनले बताए ।
त्यस्तै, कलैया अस्पताल बाराबाट ७ जना डिस्चार्ज भएका छन् । उनीहरु कोरोना संक्रमण देखिएको १० देखि १७ दिनमा डिस्चार्ज भएका हुन् । उनीहरु २८ देखि ४९ वर्षिय पुरुष रहेको प्रवक्ता देवकोटाले बताए ।
कुल कोरोना संक्रमण जित्नेको संख्या २९० पुगेको छ । जसमा २ सय ३४ जना पुरुष र ५६ जना महिला रहेका छन् ।
प्रदेशीक विवरण
प्रदेश नं १ – ४८ जना
प्रदेश नं २ – ११९ जना
वाग्मती प्रदेश – ३२ जना
गण्डकी प्रदेश – ३ जना
प्रदेश नं ५ – ७९ जना
कर्णाली प्रदेश – २ जना
सुदुरपश्चिम प्रदेश – ७ जना
नेपालमा कोरोनाको कारण थप १ जनाको मृत्यु
नेपालमा कोरोना भाइरसको कारण थप १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पा पूर्वखोलाका ४५ वर्षीय पुरुष रहेको खुलेको छ । उनी ५ दिन अघि मात्र भारतबाट नेपाल आएका थिए ।
उनको पाल्पाको मिसन अस्पतालको आइसोलेसन कक्षमा ३ दिन अघि मृत्यु भएको थियो ।
स्वास्थ्यमा समस्या आएपछि उनलाई तानसेनस्थित अस्पतालमा भर्ना गरिएको थियो । मृत्युपछि उनको स्वाब भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएकोमा उनको रिपोर्ट पोजेटिभ आएको हो ।
यससँगै नेपालमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १० पुगेको छ ।
आज एकैपटक थपिए ३३४ कोरोना संक्रमित, नेपालमा कुल संक्रमितको संख्या २ हजार ६३४ पुग्यो
नेपालमा आज (बिहीवार) एकैपटक ३३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ हजार ६३४ पुगेको छ ।
उनका अनुसार संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।
यसैबीच नेपालमा हिजो (बुधवार) एकैपटक २०१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । नेपालमा अहिले सम्म कोरोना संक्रमणको कारण १० जनाको मृत्यु भएको छ भने कुल संक्रमित मध्ये २९० जना स्वास्थ्योपचार पछि निको भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया