नेपालमा स्वास्थ्य संकटकाल घोषणा गर्ने स्वास्थ्य मन्त्रालयको निर्णय

काठमाडौं । नेपालमा कोरोना संक्रमण ह्वात्तै बढेसँगै सरकारले स्वास्थ्य संकटकाल घोषणा गर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संकटकाल घोषणा गर्न प्रस्ताव मन्त्रिपरिषद्मा पठाएको छ ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले स्वास्थ्य संकटकाल घोषणाका लागि क्याबिनेटमा प्रस्ताव पठाइएको बताए ।

सम्भवत बिहीवार (आजै) क्याबिनेटले प्रस्ताव स्वीकृत हुने स्रोतले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?