काठमाडौं । नेपालमा आज (बिहीवार) एकैपटक ३३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ हजार ६३४ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले नेपालमा आज एकैपटक ३३४ जना कोरोना संक्रमित थपिएको जानकारी दिए ।
उनका अनुसार संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।
यसैबीच नेपालमा हिजो (बुधवार) एकैपटक २०१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । नेपालमा अहिले सम्म कोरोना संक्रमणको कारण १० जनाको मृत्यु भएको छ भने कुल संक्रमित मध्ये २९० जना स्वास्थ्योपचार पछि निको भएका छन् ।
आज मात्रै नेपालमा थप १२ जनाले कोरोना भाइरसविरुद्धको लडाई जितेर घर फर्किएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया