काठमाडौं । कोरोनाभाइरसको संक्रमण थप फैलदो क्रममा रहेको छ ।
आजै रौतहटमा ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
रौतहटमा बिहीबार ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको रौतहटका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताए ।
संक्रमितहरु अधिकांश भारतबाट आएकाहरु हुन् । आजै देलेखमा पनि १०५ जनामा संक्रमण पुष्टि भइसकेको छ । यस्तै मुगु र पर्सामा पनि संक्रमित भेटिएका छन् ।
यससँगै आज नै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु दैलेखका १०५ र मुगुका १ जना रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया