मन्त्रीपरिषदको बैठक बस्दै, के छन् एजेण्डा ?

काठमाडौं । आज (बहीवार) अपरान्ह चार बजे मन्त्रीपरिषदको बैठक बस्ने भएको छ ।

कोरोना भाइरस संक्रमण फैलिनबाट रोक्न र लकडाउनको मोडालिटी परिवर्तन लगायतका विषयमा केन्द्रित रहेर आज मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।

स्वास्थ्यविद्, अर्थविद्, योजनाविद्लगायतको लकडाउन मोडालिटी परिवर्तन गर्ने सुझवपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री परिषदको बैठक डाकेका हुन् ।

व्यापारीहरुले लकडाउनको उल्लंघन गर्दै पसलहरु सञ्चालन गर्न थालेपछि यस अगाडि नै उच्चस्तरीय समितिको बैठक बसिसकेको छ ।

आजको मन्त्रीपरिषदले लकडाउनको बारेमा निस्कर्ष निकाल्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?