कोरोना अपडेट : विश्वमा महामारीको पछिल्लो स्थिती, कुन देशमा कस्तो ? (विवरणसहित)

काठमाडौं । स्वास्थ्य क्षेत्रमा विश्वका लागि ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण विश्वमा यो समाचार तयार पार्दासम्म ३ लाख ८८ हजार ४१ जनाको मृत्यु भईसकेको छ भने ६५ लाख ७३ हजार ५६८ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ३१ लाख ७० हजार ५३२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५४ हजार २०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

विश्वका २१३ वटा देशहरुमा आफ्नो प्रकोप फैलाईसकेको कोरोना भाइरसको महामारीका कारण अमेरिकामा १ लाख ९ हजार १४२ जनाको मृत्यु भईसकेको छ भने १९ लाख १ हजार ७८३ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ६ लाख ८८ हजार ६७० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १६ हजार ९३९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै ब्राजिलमा अहिलेसम्म ५ लाख ८४ हजार ५६२ जनालाई संक्रमण भएको छ भने ३२ हजार ५६८ जनाको मृत्यु भएको छ ।

त्यहाँ पछिल्लो २४ घण्टामा २१ जनाको मृत्यु भईसकेको छ भने ५८२ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै ब्राजिलमा २ लाख ६६ हजार १३२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै रुसमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ५ हजार २१५ जनाको मृत्यु भईसकेको छ भने ४ लाख ३२ हजार २७७ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ९५ हजार ९५७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ३०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै स्पेनमा कोरोना भाइरसको महामारीका कारण २७ हजार १२८ जनाको मृत्यु भईसकेको छ भने २ लाख ८७ हजार ४०६ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ६१७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै बेलायतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३९ हजार ७२८ जनाको मृत्यु भईसकेको छ भने २ लाख ३३ हजार ८३६ जनालाई संक्रमण भएको छ । त्यहाँ १ हजार ५५९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै इटालीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३३ हजार ६०१ जनाको मृत्यु भईसकेको छ भने २ लाख ३३ हजार ८३६ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ६० हजार ९३८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३५३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै फ्रान्समा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २९ हजार २१ जनाको मृत्यु भईसकेको छ भने १ लाख ५१ हजार ६७७ जनालाई संक्रमण भएको छ । त्यहाँ ६९ हजार ४५५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार २१० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै जर्मनीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ८ हजार ६९९ जनाको मृत्यु भएको छ भने १ लाख ८४ हजार ४२५ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ६७ हजार ३०० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ६३२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै छिमेकी देश भारतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ६ हजार ८८ जनाको मृत्यु भईसकेको छ भने २ लाख १६ हजार ९१९ जनालाई संक्रमण भएको छ ।

भारतमा १ लाख ४ हजार १०७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ९५ जना नयाँ संक्रमित थपिएका छन्।

त्यस्तै वर्ल्डोमिटरले जनाए अनुसार टर्कीमा कोरोना भाइरसको महामारीबाट ४ हजार ६०९ जनाको मृत्यु भईसकेको छ भने १ लाख ६६ हजार ४२२ जनालाई संक्रमण भएको छ । त्यस्तै त्यहाँ १ लाख ३० हजार ८५२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ६१२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै पेरुमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ४ हजार ८९४ जनाको मृत्यु भईसकेको छ भने १ लाख ७८ हजार ९१४ जनालाई संक्रमण भएको छ । त्यहाँ ७२ हजार ३१९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ९६४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै ईरानमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ८ हजार १२ जनाको मृत्यु भईसकेको छ भने १ लाख ६० हजार ६९६ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख २५ हजार २०६ जना स्वस्थ्योपचार पछि निको भएका छन् भने २ हजार ५५७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै क्यानडामा ७ हजार ४९८ जनाको मृत्यु भईसकेको छ भने ९३ हजार ८५ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ५१ हजार ४८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार ७२१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै मेक्सिकोमा कोरोना भाइरसको महामारीका काराण अहिलेसम्म ११ हजार ७२९ जनाको मृत्यु भईसकेको छ भने १ लाख १ हजार २३८ जनालाई संक्रमण भएको छ ।

त्यहाँ आज मात्रै १ हजार ९२ जनाको मृत्यु भईसकेको छ भने आजै ३ हजार ९१२ जना नयाँ संक्रमित थपिएका छन् ।

मेक्सिकोमा ७३ हजार २७१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै चीनमा आज थप १ जनालाई कोरोना संक्रमण भएको छ । त्यहाँ ४ हजार ६३४ जनाको मृत्यु भएको छ भने ८३ हजार २३ जनालाई संक्रमण भएको छ । त्यहाँ ७८ हजार ३१९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै पाकिस्तानमा अहिलेसम्म १ हजार ७७० जनाको मृत्यु भईसकेको छ भने ८५ हजार २६४ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ३० हजार १२८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १११ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ ८२ जनाको मृत्यु भएको छ भने ४ हजार ८०१ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै बेल्जियममा अहिलेसम्म ९ हजार ५२२ जनाको मृत्यु भईसकेको छ भने ५८ हजार ६८५ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १५ हजार ९५९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १७२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै नेदरल्याण्ड्समा अहिलेसम्म ५ हजार ९७७ जनाको मृत्यु भएको छ भने ४६ हजार ७३३ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १५८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १० जनाको मृत्यु भईसकेको छ भने ८६ जना नयाँ संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टायता विश्वमा १ हजार २५३ जनाको मृत्यु भएको छ भने १० हजार८७३ जना नयाँ संक्रमित थपिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?