निजी विद्यालय सञ्चालकहरूले विद्यार्थी भर्ना लिएर शुल्क उठाउन पाउने व्यवस्था गर्न सरकारलाई दबाब दिन थालेका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले असार १ गतेबाट बालबालिकाको सिकाइलाई निरन्तरता दिन वैकल्पिक माध्यमबाट पठनपाठन गराउने जनाएको थियो । विद्यालय नखुले पनि घरैमा रहेका विद्यार्थीलाई प्रिन्ट, रेडियो, टेलिभिजन र अनलाइनका माध्यमबाट कक्षा सुरु गर्ने भनिएको छ । निजी विद्यालय सञ्चालकले भने वैकल्पिक तरिकाले कक्षा सुरु गर्नुभन्दा पहिले विद्यार्थी भर्ना लिएर शुल्क उठाउन पाउनुपर्ने माग अघि सारेका हुन् । उनीहरूले शिक्षामन्त्री गिरिराजमणि पोखरेलसहित सत्तारूढ नेकपाका नेताहरूलाई समेत भेटेर शुल्क लिन पाउने व्यवस्था सुनिश्चित गर्न दबाब दिइरहेका छन् ।
प्याब्सन र एनप्याब्सनले यसअघि बुधबारबाट विद्यार्थी भर्ना र अनलाइन कक्षा सुरु गर्ने जनाएका थिए । शिक्षा मन्त्रालयले असार १ गतेबाट खुला र दूरशिक्षाका माध्यमबाट कक्षा सञ्चालन गर्न सक्ने बाटो खोलेपछि विद्यालय सञ्चालक शुल्क उठाउने प्रबन्ध गर्नसमेत कस्सिएका हुन् । मन्त्रालयले बालबालिकाको सिकाइलाई निरन्तरता दिन मात्र वैकल्पिक विधिबाट अध्ययन–अध्यापन गर्न लागिएको जनाएको छ । यसलाई औपचारिक कक्षाको मान्यता दिइएको छैन । लकडाउनकै अवधिमा केही निजी विद्यालय सञ्चालकले अभिभावकसँग शुल्क मागेका थिए । कान्तिपुरमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया