काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण ज्यान गुमाउनेको संख्या ३ लाख ८४ हजार ६ सय ४३ पुगेको छ । यो समाचार तयार पार्दासम्म विश्वभरका ६५ लाख १४ हजार ३ सय ७२ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै कोरोना संक्रमितमध्ये ५४ हजार २ सय ८३ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । भने हालसम्म ३१ लाख १ हजार ६८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।
संयुक्त राज्य अमेरिकामा हालसम्म कोरोना संक्रमणको असर सबैभन्दा बढी देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख ८ हजार ५ सय ६७ जनाको कोरोनाको कारण ज्यान गइसकेको छ । वल्डोमिटरले देखाएको तथ्यांक अनुसार हालसम्म अमेरिकामा कोरोना संक्रमितको संख्या १८ लाख ९० हजार २ सय ३९ पुगेको र ६ लाख ४९ हजार १ सय ८९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । बितेको २४ घण्टामा मात्र ९ हजार ३४ जनामा कोरोना संक्रमण देखिएको छ भने ५ सय ८ जनाको कोरोनाको कारण ज्यान गएको छ । त्यस्तै संक्रमितमध्ये १६ हजार ९ सय २० जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै ब्राजिलमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ३१ हजार ४ सय १७ पुगेको छ । बितेको २४ घण्टामा ४ हजार ६९ जनामा संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ५ लाख ६० हजार ७ सय ३७ पुगेको छ । बितेको २४ घण्टामा कोरोनाको कारण १ सय ३९ जनाको ज्यान गएको छ । त्यस्तै हालसम्म २ लाख ५३ हजार ५ सय ७० जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ८ हजार ३ सय १८ जनाको अवस्था गम्भीर रहेको छ ।
रसियामा बितेको २४ घण्टामा कोरोनाको कारण १ सय ७८ जनाले ज्यान गुमाएका छन् । यो समाचार तयार पार्दासम्म ४ लाख ३२ हजार २ सय ७७ जनामा कोरोना संक्रमण देखिएको र ५ हजार २ सय १५ जनाको ज्यान गइसकेको छ । हालसम्म १ लाख ९५ हजार ९ सय ५७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको अवस्थामा २ हजार ३ सय जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
त्यस्तै स्पेनमा हालसम्म कोरोनाको कारण २७ हजार १ सय २७ जनाले ज्यान गुमाएका छन् भने २ लाख ८७ हजार १२ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै हालसम्म संक्रमितमध्ये ६ सय १७ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
त्यस्तै बेलायतमा हालसम्म कोरोनाको कारण ३९ हजार ७ सय २८ जनाको ज्यान गएको छ । यो समाचार तयार पार्दासम्म २ लाख ७९ हजार ८ सय ५६ जनामा संक्रमण देखिएको छ । बितेको २४ घण्टामा ३ सय ५९ जनाको कोरोनाको कारण ज्यान गएको र १ हजार ८ सय ७१ जनामा कोरोना संक्रमण देखिएको छ । भने संक्रमितमध्ये १ हजार ५ सय ५९ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
त्यस्तै इटालीमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ३३ हजार ६ सय १ पुगेको छ । यो समाचार तयार पार्दासम्म इटालीका २ लाख ३३ हजार ८ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टामा ३ सय २१ जनामा कोरोना संक्रमण देखिएको र ७१ जनाको कोरोनाको कारण ज्यान गएको छ । त्यस्तै हालसम्म १ लाख ६० हजार ९ सय ३८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ३ सय ५३ जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ६ हजार ८७ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा २ लाख १६ हजार ४ सय २९ जनामा कोरोना संक्रमण देखिएको र संक्रमितमध्ये १ लाख ३ हजार ९ सय ४९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
जर्मनीमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ८ हजार ६ सय ८० जनामा कोरोना संक्रमण देखिएको छ । यो समाचार तयार पार्दासम्म त्यहाँ १ लाख ८४ हजार २ सय १४ जनामा कोरोना संक्रमण देखिएको र संक्रमितमध्ये ६ सय ८९ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया